गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न ज्ञानेन्द्र मल्लको अपिल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न सबैमा अपिल गरेका छन् ।

रंगशाला निर्माण कार्यको अवलोकनपछि सोमवार फेसबूकमा एक तस्वीर राख्दै मल्लले लेखेका छन्-


Advertisement

'धुर्मुस-सुन्तली फाउन्डेसनको नेतृत्वमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको साक्षी बन्न पाउनु गर्वको कुरा हो । यस शानदार प्रयासका लागि फाउन्डेसनलाई बधाई । यो सुन्दर सपनाको प्राप्तिका लागि हातमा हात मिलाउनका लागि सबैमा अपिल गर्दछु ।'

चितवनको रामपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनको नेतृत्वमा रंगशाला निर्माणको काम भइरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्