×

NMB BANK
NIC ASIA

धितोपत्र बजारमा २ दिनकै कारोबार रकम झण्डै १२ अर्ब

मंसिर ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा हरेक दिनजसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ ।

Muktinath Bank

आइतवार र सोमवारको कारोबार रकम कूल १२ अर्ब रुपैयाँको हराहरीमा रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । 


Advertisment
Nabil box
Kumari

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार कूल २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँमा खरिद बिक्री भए । कारोबार रकममा सोमवार भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो ।

Vianet communication
Laxmi Bank

सोमवार कूल १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ मूल्यमा कारोबार भयो । 

स्टकका अनुसार नेप्से सोमवार २.३८ बिन्दुले घटेर १ हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार सोमवार रोकिएको भए पनि कारोबार रकम भने झण्डै साढे ४ अर्ब माथि रहेको छ । सोमवार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अंकले ओरालो लागेर ३४४.९५ मा झरेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमवार ४ उपसमूहको शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोबारको प्रवृत्ति हेर्दा सोमवार पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

विशेष गरी सोल्टी होटल, र्‍याडिसन (ओरन्टल ) होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ । 

ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोबारका आधारमा सोमवार नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३० करोड २२ लाख ७ हजार ४६३ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी २९ करोड ३० लाख ३३ हजार ७४१ रुपैयाँ, हिमालयन डिस्टिलरी २८ करोड ९७ लाख ७ हजार २७९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक १७ करोड २१ लाख २ हजार ७०५, एनआईसी एशिया बैंक १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभू बैंक १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १३ करोड ४४ लाख ७८ हजार ५२० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।  

कारोबारका आधारमा सोमवार एचआईडीसीएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । एनआईसी एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेसनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x