काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो ।
आर्थिक वर्ष २०७५÷७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो भने २४१ जना घाइते भएका थिए । आव २०७६÷७७ मा भएको सवारी दुर्घटनामा १५२ ले ज्यान गुमाएका थिए भने ८५ जना घाइते भएका थिए । चालू आवको अहिलेसम्म भने सवारी साधन दुर्घटनाबाट ५० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष १० हजार सवारी साधन दुर्घटना भएकामा यो वर्षको अहिलेसम्म दुई हजार ६०० दुर्घटना भएको जनाइएको छ ।
लोकान्तर संवाददाता