क्रिकेट खेलाडी प्रशिक्षणका लागि यी खेलाडी काठमाडौँमा

क्रिकेट खेलाडी बन्द प्रशिक्षणका लागि काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी आइपुगेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि सबै खेलाडी तथा प्रशिक्षकको मङ्गलबार पिसिआर परीक्षण गर्ने भएको छ ।


Advertisement

प्रशिक्षणमा सहभागी हुने खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, कारण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।

प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्