काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठक तथा विशेष भेलाले कर्णजीत बुढाथोकीलाई अध्यक्ष चयन गरेको छ ।
यसअघि सो पार्टीको महासचिव रहेका उनलाई अध्यक्षमा चयन गरिएको हो ।
माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको उक्त बैठक तथा भेलाले एक मतका साथ अध्यक्षमा उनलाई निर्वाचित गरेको सो पार्टीले जनाएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि बुढाथोकीले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटब्युरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय निर्माण गर्नेबारे प्रस्ताव बैठक तथा भेलामा गरेका छन् ।
लोकान्तर संवाददाता