चीन सरकारको सहयोगी नीतिका कारण चीनको हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने प्राथमिक तहमा विद्यार्थीले पछिल्ला केही वर्षहरूमा थप गुणस्तरीय शिक्षा आर्जन गर्न पाएका छन् ।
स्थानीय सरकारमार्फत् हिमाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा नै तयार गरी खाना खुवाउने कार्यक्रम निकै लोकप्रिय बनेको र यसका कारण चिसोका कारण हुने स्वास्थ्य समस्यामा कमी आएको जियाङ्सी प्रान्तको हुवाङनी गाउमा रहेको एक विद्यालयका प्रिन्सिपल झाङ झाङलियाङले बताए ।
आफ्नो विद्यालय हिमाली क्षेत्रमा रहेका कारण कठिनले २० जना विद्यालयमा आउने गरेको तर उनीहरूका लागि स्थानीय सरकारले आकर्षक योजना ल्याइदिँदा विद्यालयको गुणस्तरमा पनि सुधार भएको उनले बताए ।
हिमाली क्षेत्रमा सञ्चालनमा रहेका वा खोलिने प्राथमिक विद्यालयले विद्यालय परिसरमा एउटा ३८ वर्गमिटरको भान्साकोठा निर्माणलाई प्रोत्साहन गरिएको र यसले टाढाबाट लल्याएको चिसो खाजा वा खाना खानुपर्ने बाध्यता दूर भएको उनको भनाइ छ ।
हुवाङनी गाउको स्थानीय सरकारले प्राथमिक शिक्षामा सुधार ल्याउनका लागि उक्त गाउमा ३० हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको स्मरण गर्दै यसले विद्याथी तथा उनीहरूका अभिभावकलाई खुशी बनाएको झाङले बताए ।
सरकारले स्थानअनुसार विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न फरक नीति लिनसक्ने र यसको निर्णय स्थानीय सरकारले नै गर्ने गरेको पनि उनले बताए ।
एजेन्सी