प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् ।
सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । सांसद सूूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो ।
लोकान्तर संवाददाता