पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक भएको टिप्पणी गरेका छन् । उनले आफूलाई व्यक्तिगत रुपमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली मनपर्ने मान्छे भएपनि ओली प्रवृत्ति प्रतिगमन, कुशासन र अल्प विकासको मुख्य वाहक भएको दावी गरेका छन् ।
‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो’, उनले ट्वीटरमार्फत भनेका छन्, ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन ,अल्प विकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य बाधक हो।’
उनले यो एउटा पार्टीको मुद्दा मात्र नभएकाले कुनैपनि बहानामा यस्तो प्रवृत्तिको कसैले पनि काँध थाप्न नहुने बताएका छन् ।
लोकान्तर संवाददाता