×

NMB BANK
NIC ASIA

कोरोना जोखिमले तल झरेनन् मुस्ताङी

मंसिर ९, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् ।

Muktinath Bank

जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा फर्कने गर्दथे तर अहिले कोरोना भाइरसको सङ्क्रमणको जोखिमले उनीहरू आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट बताउँछन् ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, “कहिल्यै पनि चिसो याममा आफ्नो ठाउँमा नबसेकाहरू पनि यस पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला नछाड्ने स्थानीयवासीले सोच बनाएका छन् ।” विष्टका अनुसार विगतका वर्षमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्रै मानिस हुने गरेको भए पनि अहिले भने कोही पनि तल आएका छैनन् ।

Vianet communication
Laxmi Bank

“हालसम्म लोमान्थाङ गाउँपालिकाभित्रको अवस्था हेर्दा पोखरा काठमाडौँतिर आफ्नै घर हुनेहरू केही मात्रै झरेका छन् तर अन्य झरेका छैनन्,” लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदील बताए । अधिकृत सुवेदी भन्छन्, “पालिकाका अध्यक्ष झर्न चाहनुभएको छैन, म मात्रै झरेर पनि अर्थ हुँदैन गाउँका सबै यहीँ छन्, उनीहरूसँगै म पनि यहीँ बस्छु भन्नुभएको छ अध्यक्षले पनि ।”

निकै लामो समयसम्म कोरोना सङ्क्रमणको हिसाबले हेर्ने हो भने गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रिन जोन’ मा रहेको एक मात्रै जिल्ला थियो तर पछिल्लो तथ्याङ्क अनुसार भने मुस्ताङको कारागारका कैदीहरू दुई जनासहित १० महिला र १६ पुरुष गरी २६ जना सक्रिय सङ्क्रमित रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेल भन्छन्, “कोरोनाकै कारणले जोखिम हुने डरले गर्दा जाडो छल्नका लागि स्थानीय अन्यत्र गएका छैनन् । अहिले सदरमुकाम जोमसोममा रातिको समयमा माइनस पाँच डिग्री र लोमान्थाङमा दिनमा माइनस ९ सम्म पुगेको छ तापक्रम ।”

माथिल्लो भेकमा लोमान्थाङ र लो घ्याकर दामोदरकुण्ड गाउँपालिका बालबालिकालाई पढाउन पोखरामा सञ्चालन गरिँदै आएको हिउँदे विद्यालय पनि यस वर्ष नचल्ने भएको छ । प्रत्येक वर्ष जाडो मौसममा उपल्लो मुस्ताङ तथा तल्लो भेकका पनि विद्यालय घुम्ती रूपमा पोखरामा सञ्चालन हुने भए पनि जोखिमले गर्दा यस वर्ष भने नचल्ने भएको शिक्षा समन्वय एकाइ मुस्ताङका एकाइ प्रमुख टङ्क बराल बताउँछन् । बरालका अनुसार यस वर्ष पढाइ नभएको कारण अन्य जिल्लाको जस्तै शैक्षिक सत्र चैतमै पु¥याउने भएको छ भने जोखिमले गर्दा घुम्ती विद्यालय सञ्चालन हुने छैनन् ।

उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा धपाउँदै बालबच्चासहित हिउँदमा बेँसीका म्याग्दी, पर्वत, कास्की, तनहुँ मात्रै नभएर भारतसम्म पनि पुग्ने गर्दथे । बस्तीमा पुगेर घुम्ती व्यापार गर्ने र भारतमा पुगेरै थोक व्यापारसम्म गर्ने मुस्ताङीहरू मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कन्थे तर यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणको जोखिमले बाहिर नजाने भएका लो घ्याकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्ट बताउँछन् ।

उपल्लो भेगका मुस्ताङीलाई हिउँदका चार महिना जाडो छल्ने समय मात्र होइन, हिमाली उत्पादन बेचेर खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि हो । त्यहाँ जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती हुँदैन । चौँरी र भेडा–च्याङ्ग्रा पालेर जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवन हिउँदमा थप कष्टप्रद हुन्छ ।

मध्य मुस्ताङका बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको मुक्तिनाथ, कागबेनी, तेताङ, चैले समेतका बस्तीबाट पनि जाडो छल्न बेँसी छर्ने चलन छ । विश्वकै अग्लो स्थानमा रहेको मानवबस्ती डोल्पाको छर्काभोटका स्थानीयसमेत जाडो छल्न मुस्ताङको बाटो हुँदै बेँसी झर्थे । यस वर्ष उपल्लो भेगबाट मात्र नभई मुस्ताङवासी नै अति जरुरी काममा र बिरामी हुँदा मात्रै बेँसी झर्ने भएका छन् । गोरखापत्र दैनिकमा अमृतप्रसाद पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x