×

NMB BANK
NIC ASIA

फेसबूकबाटै १० लाख ठगी

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो ।

Muktinath Bank

विस्तारै कुराकानी बाक्लिँदै गयो । पाण्डेले आफू विदेश (ब्राजिल) मा रहेको बताए । सम्बन्ध नजिकिएसँगै पाण्डेले ती महिलालाई ब्राजिल लैजानेसमेत आश्वासन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर कोरोना महामारीका कारण लकडाउन भएपछि ब्राजिलमा नै रहेको आफ्नो परिवार गम्भीर बिरामी परेको भनेर ती महिलालाई बताए । परिवारको उद्धार गर्ने विषयमा सल्लाहसमेत लिन थाले । उद्धारकै लागि भन्दै पछि फिर्ता गर्ने सर्तमा पैसा मागे । पाण्डेको विश्वासमा परी ती महिलाले पनि पैसा दिइन् । ६ महिनादेखि पटक–पटक आईएमईमार्फत पैसा पठाउँदै आइन् ।


Advertisment
Nabil box
Kumari

१० लाख २८ हजार ७ सय रुपैयाँ पठाइसकेपछि महिलाको मनमा चिसो पस्यो । तिहारअघि जिल्ला प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानपछि बल्ल ती महिलालाई थाहा भयो कि पाण्डेले पैसा ठगी गरेका रहेछन् ।

Vianet communication
Laxmi Bank

पाण्डेलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनलाई आइतबार जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ । ‘घटनाक्रम हेर्दा पाण्डेले ठगेको देखिन्छ,’ बोगटीले भने, ‘अरू पनि ठगिएका रहेछन् ।’

महिला शिक्षिका हुन् भने उनका श्रीमान् विदेशमा छन् । बोगटीका अनुसार ‘परिवारको उपचार भइरहेको छ, अहिले पैसा आएको छैन, आएपछि सबै रकम फिर्ता गर्छु’ भन्दै पाण्डेले बारम्बार फोनमार्फत पैसा मागेपछि प्रहरीले उनी रहेको स्थान पत्ता लगाएको थियो ।

‘अन्तिममा हामीले गरगहना बेच्यौं, जम्मा ५५ हजार रुपैयाँ भयो, म आईएमई गर्दिन्छु भनेर महिलालाई भन्न सिकायौं,’ बोगटी भन्छन्, ‘उनले पनि उसै गरिन् । आईएमईमा बुझिलिनेको नाम केही बिगारेका थियौं, जसले उसलाई पैसा निकाल्न समस्या परोस् ।’ नेपालगन्ज रहेको बुझेपछि प्रहरी परिचालन गरी आईएमईबाट पैसा निकाल्ने क्रममा पक्रिन सफल भयौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x