×

NMB BANK
NIC ASIA

किन आउँदै छन् चिनियाँ दूत ?

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन्।

Muktinath Bank

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्। यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन्। गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभएको र नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण र राजनीतिक केन्द्रित हुने विश्लेषक बताउँछन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ दल नेकपा गम्भीर संकटमा परेका बेला फेङ्हेको नेपाल भ्रमण रक्षा मामिलाभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुने देखिएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। उनले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।


Advertisment
Nabil box
Kumari

चिनियाँ राजदूत होउ यान्छीले नेकपाका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहालसँग सोमबार बिहान भेट गरेकी छन्। उक्त भेटमा नेकपाको विवाद र फेङ्हेको भ्रमणबारे छलफल भएको थियो। राजदूत यान्छीले चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दाहाललाई गराएको स्रोतले बताएको छ। ती स्रोतका अनुसार राजदूत यान्छीले फेङ्हेले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट्न सक्नेबारे पनि दाहाललाई जानकारी दिइन्। 

Vianet communication
Laxmi Bank

उनले गत मंगलबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै भेट गरी यसबारे औपचारिक जानकारी गराएकी थिइन्। फेङ्हेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्नेे कार्यक्रम छ। नेकपाभित्र गहिरो संकट आउनु, अमेरिकी परियोजना एमसीसी पास गर्न खोज्नु र बीआरआईका परियोजनालाई प्राथमिकतामा नराखेको विषयमा चीन प्रधानमन्त्री ओलीसँग सशंकित देखिएको छ।

नेकपाभित्र जतिबेला विवाद उत्कर्षमा पुग्छ त्यतिबेला चिनियाँ राजदूतले नेकपा नेताहरूसँग बाक्लो भेटवार्ता गर्दै आएकी छन्। उनले केही महिनाअघि प्रधानमन्त्री ओलीसँग भेट गरी पार्टी फुट्नुभन्दा एक पद छाड्दा उपयुक्त हुने बेइजिङको सन्देश सुनाएकी थिइन्। नेकपा फुट्ने अवस्थामा पुगे प्रधानमन्त्री ओलीले एक पद त्यागेर पार्टी जोगाउनुपर्ने पक्षमा चीन देखिएको छ। त्यसपछि प्रधानमन्त्री ओली चीनप्रति थप सशंकित भएका थिए भने राजदूतलाई पनि लामो समय भेट दिएका थिएनन्।

प्रधानमन्त्री ओली र चिनियाँ अधिकारीबीच एकअर्कामा विश्वासको वातावरण देखिएको छैन। राजदूत यान्छीले सरकारसँगको चीनको पछिल्लो सम्बन्ध, अमेरिकी परियोजना एमसीसी र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै हुने प्रदर्शनबारे बेइजिङमा रिपोर्टिङ गरेको स्रोतले बताएको छ। फेङ्हेको भ्रमण पूर्णरूपमा राजनीतिक हुने त्यसमा पनि फुटबाट नेकपालाई जोगाउने, प्रधानमन्त्री ओलीसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने स्रोतले बताएको छ।

उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति थापाले गत वर्ष फरक–फरक समयमा चीन भ्रमण गरेका थिए। उपप्रधानमन्त्री पोखरेलको भ्रमणका बेला चीनले नेपाली सेनालाई दिने २.५ विलियन चिनियाँ मुद्राबराबरको सैन्य सहयोगमा हस्ताक्षर भएको थियो। चिनियाँ रक्षामन्त्रीको भ्रमणका बेला विगतका भएका सम्झौताबमोजिमको सहयोग हस्तान्तरण हुने र केही महत्वपूर्ण रक्षा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदै आएको छ। कोरोना भाइरस संक्रमणका कारण यो वर्ष भने संयुक्त सैन्य अभ्यास रोकिएको छ। चिनियाँ रक्षामन्त्री र भारतीय विदेशसचिव नेपाल आउने पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आइतबार चारवटै सुरक्षा प्रमुखसँग पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेका थिए। अन्नपूर्ण पोस्टमा शम्भु कट्टेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x