×

NMB BANK
NIC ASIA

कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ : प्रचण्ड

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्।

Muktinath Bank

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव पनि सचिवालयमा पेस भएपछि दुवैमा छलफल गरी थप निष्कर्ष निकाल्न मद्दत पुग्ने अध्यक्ष दाहालको भनाइ छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म मेरो प्रस्ताव फिर्ता लिन्नँ। प्रधानमन्त्री (ओली)ले पनि आफ्नो प्रस्ताव ल्याउने भन्नुभएको छ। दुवैको प्रस्तावमाथि पार्टी कमिटीमा छलफल हुन्छ। एउटा निष्कर्ष निस्कन्छ। यसमा पार्टी विभाजन हुन्छ कि भनेर आत्तिनुपर्ने कुनै कारण छैन’, दाहालले सोमबार आफ्नो पूर्वसमूहका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग भने, ‘पार्टी एकता मेरो तर्फबाट टुट्दैन। कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ। यसमा म सकारात्मक छु। लचिलो पनि छु। तापनि हाम्रा समस्या छलफल गरेर हल गर्नुपर्छ। कमजोरी ज–जसका छन्, आत्मबोध गरेर त्यसलाई करेक्सन गरेर जानुपर्छ।’


Advertisment
Nabil box
Kumari

दाहालले प्रधानमन्त्रीले ल्याउने प्रस्ताव हेर्नुपर्ने भन्दै आफ्नो प्रस्तावले पार्टी नफुट्ने जिकिर गरेका थिए। 

Vianet communication
Laxmi Bank

‘राजनीतिक प्रतिवेदन आउँदैमा कोही पनि आत्तिनु पर्दैन। मैले उठाएका कुरा जनताले थाहा पाएका छन्। पार्टीभित्र बहस चलेको छ। ओलीजीले पनि प्रतिवेदन ल्याउँछु भन्नुभएको छ। उहाँले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ त्यो हेर्नुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै नेता गजुरेलले भने, ‘प्रतिवेदनहरूले छलफल र समस्या समाधान गर्न मद्दत गर्छ। मेरो प्रतिवेदनले पार्टी फुट्दैन। पार्टी एकताकै लागि मैले पहल गरिरहेको छु।’

दाहालले पार्टी एकता कायम राख्ने÷नराख्ने भन्ने विषयमा बल प्रधानमन्त्री ओलीको कोर्टमा रहेको पनि बताएका थिए। उनले प्रधानमन्त्रीले जबर्जस्ती बहुमत पु¥याउने नाममा गणितको खेल खेल्न थालेको भन्दै त्यसलाई रोक्नुपर्ने पनि बताएका थिए।

रायमाझी, गजुरेललगायत नेताले ओली, दाहालसहित सचिवालयका ९ जना नै सदस्यसँग अलग–अलग भेट गरी एकताका लागि दबाब दिएका छन्। ‘हामीले सचिवालय सदस्यका ९ जना सदस्यलाई नै भेट गरेका छौं। स्थायी समितिका पनि समकक्षी अधिकांश सदस्यलाई भेट गरेर पार्टीभित्रको समस्या समाधान गरी एकता बचाइराख्न आग्रह गरेका छौं’, रायमाझीले भने, ‘सबै साथीहरू सकारात्मक हुनुहुन्छ। तर, फेरि समस्या कहाँ हो यसको पहिचान गरेर जानुपर्छ भन्ने छ। पहल जारी छ।’

उनले प्रधानमन्त्रीले दाहालले प्रस्ताव ल्याएपछि आफूले पनि ल्याउनुपर्ने अवस्था आएको जानकारी दिएको बताए। ‘म पनि मिलाएर जानेमा छु। तपाईंहरूका सुझाव ठीक छन्। प्रचण्ड (दाहाल)जीको डकुमेन्टमा म आफ्नो कुरा राख्छु भन्नुभएको छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ’, उनले भने, ‘पार्टीभित्र छलफल अन्तरविरोध भइरहन्छन्। तर, त्यसलाई पार्टीभित्रको विधि प्रक्रियाका आधारमा छलफल गरेर निकास निकाल्नुपर्छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x