नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् ।
योसँगै निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको र १० हजार ३ सय ८१ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४ सय ५६ परीक्षण भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
छापाबाट