×

NMB BANK
NIC ASIA

केही काम नपाएका मान्छेले सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् : प्रधानमन्त्री ओली

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनौं, ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो । धेरै मिहिनेत र कोसिस गरेर नै हामीले यो अवसर जुटायौँ ।

Muktinath Bank

यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ तर हिमाल देखिएको छ, यो देख्दा नै आनन्द लागेको छ । यो ठाउँ यत्तिको विकसित भएको पाउँदा मलाई एकदमै खुसी लाग्यो । घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोङ शेर्पाको पहलमा स्वास्थ्य चौकी पनि निर्माण भएको छ । अनलाइन क्लास चलाउने भवन पनि निर्माण भएको छ । त्यसैगरी यहाँ विद्युत् पनि आएको छ । खानेपानीको व्यवस्था पनि यहाँ भएको छ । सञ्चार सुविधा आइसकेकोे छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनलाइन क्लास चल्नेसमेत स्थिति भएको छ । टुजी सेवालाई छिट्टै फोरजी सेवामा स्तरोन्नति गरी सञ्चालन गर्ने साथीहरूले भन्नुभएको छ । जेहोस् फोरजी सेवा पनि सञ्चालन हुँदैछ । अब यहाँ मोटरेवल बाटोले जोड्ने कार्य भइरहेको छ । चीनतिर पनि बाटो खुलिसकेको छ । यता हाम्रोपट्टि पनि ट्र्याक खोल्न छ किलोमिटर मात्रै बाँकी छ, अरू खुलिसकेको छ । यसलाई स्तरोेन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम तीन वर्षभित्रै सकिन्छ । त्यसपछि ब्ल्याकड्रप (कालोपत्रे) गर्ने काम हुन्छ । तीन वर्षभित्र यी सुगम ठाउँ हुन्छन् ।


Advertisment
Nabil box
Kumari

म तपाईंहरूसँग खुसी व्यक्त गर्न चाहन्छु । यति दुर्गम ठाउँमा अब यहाँ सञ्चार सेवा आइपुगेको छ । विद्युत् सेवा आइसकेको छ । आधारभूत विद्यालय छ र यहाँ बिरामीले उपचार पाउने स्थिति बनेको छ । स्वाभाविक रूपमा यहाँ प्राथमिक खालकै उपचार सेवा प्राप्त हुने हो किनभने यहाँ सुविधासम्पन्न उपचार हुने त होइन तर पनि केही नभएको यस ठाउँमा यस स्तरको व्यवस्था गरिएको पाउँदा अत्यन्त खुसी लागेको छ । यहाँ आयोडिनयुक्त नुन नहुँदाखेरी समस्या रहेका छन्, त्यसलाई ध्यानमा राखेर अब आयोडिनयुक्त नुन उपलब्ध गर्ने व्यवस्था हुँदैछ । त्यसले विभिन्न स्वास्थ्य समस्यालाई ठीक गर्छ । भर्खरै मलाई मेरी श्रीमतीले विद्यालयमा छात्रावृत्तिका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने भनेर भनेकी छन् । उत्कृष्ट, गरिब, जेहेन्दार विद्यार्थीले त्यसबाट छात्रवृत्ति पाउन सकुन् ।

Vianet communication
Laxmi Bank

यसबाट पाँच जना बालिका र पाँच जना बालक गरी १० जनालाई छात्रवृत्ति दिन सकिन्छ । यो व्यवस्था विद्यालयले मिलाउने काम गरोस् । विद्यालयका पुराना शिक्षक लोकथान प्रसाईं, एलसी गुरुङलाई मैले यहाँ देखिराखेको थिएँ । तपाईंहरू पुराना शिक्षक हुनुहुन्छ । तपाईंहरूले त्यसको समुचित प्रबन्ध गर्नुहुनेछ भन्ने मैले ठानेको छु । हामीले यहाँ अस्पताल हेर्‍यौँ, कम्बल रहेनछ । त्यसकारण १० वटा कम्बल उपलब्ध गराउने भनेर मेरी श्रीमतीले भनिदिनू भनेकी छन् । १० वटा ब्ल्याङ्केट यहाँ उपलब्ध गराइनेछ । यी त ससाना कुरा भए । व्यक्तिगत रूपमा उनले गर्ने कुरा मात्रै भए ।

तर सरकारका तर्फबाट गर्ने कामको हकमा, मुख्य रूपमा यहाँ बाटो र विद्युत्को स्तरोन्नति गर्ने माग साथीहरूले यहाँ ज्ञापन पत्रमा राख्नुभएको छ र नियन्त्रित क्षेत्र हटाउनु पर्ने कुरा राख्नुभएको छ र यसले पर्यटनका लागि सजिलो बनाउने छ । रेस्टिक्टेड एरिया भनेर मान्छे आवतजावत गर्न नदिने खालको स्थिति जुन छ, यसलाई हटाएर यस क्षेत्रलाई एउटा पर्यटकीय आकर्षणको विशेष क्षेत्र बनाउनुपरेको छ । जब यो बेसक्याम्प जाने बाटोका रूपमा छ भने यसलाई पर्यटकीय गतिविधि निर्वाध रूपमा गर्न नदिनु पर्ने वा रेस्टिक्टेड एरिया बनाउनुपर्ने त्यस्तो धेरै आवश्यकता छ जस्तो लाग्दैन । यस सम्बन्धमा पर्यटन मन्त्री यहीँ हुनुहुन्छ, उहाँले प्रस्ताव बनाएर अगाडि बढाउनु हुनेछ र मन्त्रिपरिषद्ले यस सम्बन्धमा आवश्यक निर्णय गरेर यहाँको आवागमन सहज बनाउने, यहाँ हेलिकप्टर आदि आउने कुरालाई पनि सहज बनाउने र पर्यटक आउने कुरालाई पनि सहज बनाउने काम गरिने छ ।

ती काम हामी छिट्टै गर्छौं । अहिलेको समयमा धेरै कुरालाई रेस्टिक्टेड गरिरहनु पर्ने वा नियन्त्रित गरिराख्नु पर्ने जरुरी छैन । पहिले हामीसँग बीओपी थिएनन्, सुरक्षा निकायको उपस्थिति थिएन । त्यस्तो बेलामा रेस्टिक्टेड गरिएको थियो होला तर अहिले जब हामीसँग सुरक्षा निकाय छ, बीओपीहरू छन्, अरू सुरक्षा निकाय छन् भने अत्यावश्यक सुरक्षा र निगरानी हुन्छ, बोर्डर निगरानी हुन्छ र आवागमनको निगरानी पनि हुन्छ । को पस्छ, कस्तो खालको मान्छे प्रवेश गर्छ, को घुम्न आएको छ ? र त्यसको जानकारी पनि हुन्छ । त्यसकारण अहिले रेस्टिक्टेड एरिया बनाइरहनु पर्ने आवश्यकता खासै पर्दैन ।

यहाँ साथीहरूले राख्नुभएका मागको सन्दर्भमा तिपताला नाका खोल्न आवश्यक प्रक्रिया अघि बढाइदिन भन्नुभएको छ । यो कुरा मैले अघि नै भनेँ, यसमा हामीले ध्यान दिने नै छौँ । उत्तर–दक्षिण लोकमार्गलाई कालोपत्रेमा परिणत गरिदिन आग्रह गर्नुभएको छ । त्यो पनि प्रक्रियामै छ । त्यो हुने नै छ । गाउँपालिकामा रहेका एनटीसी टुजी टावरलाई फोरजीमा परिणत गरिदिन भन्नुभएको छ, त्यस सम्बन्धमा पनि काम अगाडि बढिराखेको छ । कञ्चनजङ्घा बेसक्याम्पको दक्षिणी र उत्तरी मोहडाका क्षेत्रमा अवस्थित पर्यटन पदमार्गमा स्तरोन्नति गरिदिन भन्नुभएको छ । यसलाई पनि ध्यान दिइनेछ । यस पर्यटन पदमार्गलाई कसरी स्तरोन्नति गर्ने ? पहिले मोटरेवल बाटो आयो भने यसको स्तरोन्नति गर्न पनि सजिलो हुन्छ । त्यसकारण मोटरेवल बाटो ल्याउने कुरामा नै हाम्रो पहिलो प्राथमिकता हुनेछ । त्यसले सबै कुरालाई सजिलो बनाउँदै जानेछ । साथीहरूले अर्को माग गर्नुभएको छ, योे स्पेसल परमिटको अनिवार्य खारेज गर्नुप¥यो । यस सम्बन्धमा पनि मैले भनिसकेँ, अबको समयमा यस खालको व्यवस्था धेरै आवश्यक पर्दैन । यसलाई खारेज गर्न सकिन्छ । यो उहिलेको जमानाको कुरा हो । अहिले यस्तो अवस्था आवश्यक छैन । लघु जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरेर खम्बाचेन, ग्याब्ला र अम्जिलासाजस्ता गाउँमा पनि विस्तार गरिदिन भन्नुभएको छ । यो एकदम स्वाभाविक र आवश्यक कुरा हो । यसमा हाम्रो ध्यान जानेछ । तपाईंहरूले लेखेर दिनुभएका यी माग लगेर सम्बन्धित मन्त्रालय र निकायबाट फरवार्ड गर्ने र के गर्न सकिन्छ ? यो काम हामीले गर्नेछौँ ।

हामी यस घुन्सा गाउँलाई पर्वतीय क्षेत्रको एउटा नमुना गाउँका रूपमा पर्यटकीय, पर्वतीय नमुना गाउँका रूपमा विस्तार गर्ने छौँ । प्रदेश सरकारले यसबारेमा घोषणा गरिसकेको छ । मुख्यमन्त्रीजीले मलाई अघि भन्नुभएको र अस्ति नै याङजुङले पनि भनिसक्नु भएको थियो । यस गाउँलाई एउटा नमुना गाउँका रूपमा विकास गर्ने काम अघि बढिसकेको छ । नमुना गाउँका रूपमा विकास गर्न के के पूर्वाधार चाहिन्छन् अथवा के के आवश्यक काम गर्नुपर्छ, ती कुरा हामीले गर्नेछौँ । यो नमुना गाउँ हुनका लागि अब यस गाउँमा पढ्न नपाएर कोेही निरक्षर भएको वा स्कुल जान नपाएर निरक्षर रहेको स्थितिमा कोही हुनुहुँदैन । कसैले सामान्य, प्रारम्भिक अथवा प्राथमिक स्वास्थ्य उपचार नपाउने खालको स्थिति हुनुहुँदैन वा मैले अघि नै भनेँ, आधारभूत सेवा पुगेको हुनुपर्दछ । यस कुरामा प्रदेश सरकारको ध्यान जाने नै छ र केन्द्र सरकारबाट पनि हामीले उचित ध्यान दिने नै छौँ । घुन्सामा स्थायी स्वास्थ्य चौकी स्थापनाको माग गर्नुभएको छ । यो एउटा स्वास्थ्य चौकी त बनिसकेको नै छ । यसलाई स्तरोन्नति गरेर सबलीकरण गर्दा हुन्छ । यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी हुन २०४६ सालमा छुट भएका जग्गाको पुरानो प्रमाणका आधारमा नापजाँच गरी लालपुर्जा उपलब्ध गराउन पनि तपाईंहरूले माग राख्नुभएको छ । त्यसलाई यथाशीघ्र सम्पन्न गराइने छ, म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु ।

अवश्य नै अहिले हाम्रो देश विकासको गतिमा अगाडि बढिरहेको छ । चारैतिर विकासको एउटा लहर नै आएको छ र उत्साह छाएको छ । हामी विभिन्न दुर्गम ठाउँलाई सुगम बनाइरहेका छौँ । टेलिफोनबाट जोडिरहेका छौँ, बाटाबाट जोडिरहेका छौँ, हवाईजहाज सेवाबाट जोडिरहेका छौँ । अरू अनेक हिसाबले जोडिरहेका छौँ र विकासको तीव्र प्रक्रियाले मात्रै देशका सबै कुनाकन्दरालाई जोड्न सक्छ । यी गाउँ केही वर्ष अगाडिसम्म साह्रै नै दुर्गम थिए । अब यी साह्रै दुर्गमबाट अलिक सुगमजस्ता भएका छन् । यहाँ आउनका लागि यस्तो सहज थिएन, अहिले पनि खासै सहज छैन तर पहिलेभन्दा धेरै नै सहज भएको छ ।

म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी उत्साहका साथ देश विकासको काममा लागौँ । यहाँ राजनीतिक पार्टीमा रुचि राख्ने र क्रियाशील साथीहरू पनि हुनुहुन्छ होला । अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका । सरकार ढलिहाल्छजस्ता कुरा तपाईंहरूले सुन्नु भएको हुनसक्छ । केही काम नपाएका मान्छे, देशमा अस्थिरता चाहने मान्छे, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छे र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेका छन् । हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौँ ।

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौँ । संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौँ । अहिले केही मान्छेलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ । अहिलेको यो हल्लाखल्ला अरू केही होइन । यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ । त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ । आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ । त्यस्ता मान्छेले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन् ।

तिनले सुनियोजित रूपमा त्यस प्रकारका काम गरिराखेका छन् तर म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु । मैले चीनतिरबाट पनि नाकाहरू÷बाटाहरू खोल्ने नीति लिएँ र पहिलोपल्ट सरकारको नेतृत्व गर्दा हामीले चीनसँग यातायात र पारवहन सम्झौता ग¥यौँ, पहिलोपल्ट म प्रधानमन्त्री हुँदा त्यसो ग¥यौँ । नाकाबन्दीविरुद्ध हामी लडेर सामना ग¥यौँ, नाकाबन्दी हामीले खोलायौँ । चीनतिरबाट थुप्रै नाका खोलायौँ । सन्धि–सम्झौता ग¥यौँ र हाम्रो देशको विकासका लागि हाम्रा दुवैतिरका छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्ने र विकासको कामलाई दुवैतिरको साथ, सहयोग र सहकार्यमा अगाडि बढाउने नीति लियौँ । मान्छेहरूले यो हुन्छ भन्ने विश्वास गरेका थिएनन् तर यो भएपछि केही मान्छे आत्तिए । अहिले पनि तिनीहरू आत्तिएको मात्रै हो । त्यसकारण म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।

नेपालमा लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, सङ्घीय लोेकतान्त्रिक गणतन्त्रका सम्बन्धमा कसैले भ्रम फिजाउनु बेकार छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हाम्रो संविधानले व्यवस्था गरेको छ । हामीले यो लडेर ल्याएका छौँ । यसको सुदृढीकरणका लागि, यसको सफल प्रयोगका लागि नै हामी काम गर्छौं । तसर्थ, तपाईंहरू ढुक्क भएर विकासका कामलाई साथ दिन लाग्नुहोस् । हामी देश विकासलाई अगाडि बढाउन दत्तचित्त छौँ । मलाई काठमाडौँ मात्रै बसेँ पनि पुग्थ्यो, यहाँ नआए पनि पुग्थ्यो । अस्ति भर्खर म किमाथाङ्का गएँ । बाटो कस्तो बन्दैछ, कसरी बन्दैछ, के हँुदैछ ? चीनसँगको त्यो हाम्रो यस्तो अर्को नाका हो, जो धेरै उचाइमा जानु पर्दैन र थोरै उचाइमा सधैँ चल्न सक्छ । यस्तै २३÷२४ सय मिटरको उचाइमा रहेको छ । त्यति कम उचाइको सधैँ चल्ने बाटो किमाथाङ्का करिडर अरुण नदीको किनारैकिनार बनिरहेको छ । हामी तमोर नदीको किनारैकिनार अर्को बाटो पनि खोल्दै छौँ ।

पश्चिमतिरबाट पनि थुप्रै नाका खोल्दै छौँ । त्यसकारण उत्तरी भेगका गाउँहरू पनि अब दुर्गम होइनन् । चीनदेखि दक्षिणसम्म यी सबै बाटोले जोडिन्छन् र हामी केही वर्षभित्र यी बाटोलाई पक्की बाटोका रूपमा विकास गर्छौं । यसरी देश अब विकासको बाटोमा अघि बढेको छ । तपाईंहरूले बुनेका गलैँचा अब मान्छेले बोकेर होइन, गाडीले बोकेर बजारसम्म पु¥याउनेछ । केही समय मात्रै हामीले यसको प्रतीक्षा गर्नुपर्छ । यसरी काम हुँदै गरेको, निर्माण कार्य ेहुँदै गरेको, बाटाका ट्र्याकहरू खोल्दै गरेको तपार्इंहरूले देख्नुभएको छ । बाटोको स्तरोन्नति गरेको पनि तपाईंहरूले देख्नुभएको छ । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । तपाईंहरू ढुक्क हुनुहोस्, देश अगाडि बढ्छ ।
मैले सरकारलाई गलत बाटोमा जान दिन्न । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, स्थायित्व र स्थिरताको पक्षमा, शान्तिको पक्षमा नै यस देशलाई अगाडि बढाउने काम हुन्छ । त्यसमा नै सरकार दत्तचित्त भएर लागेको छ । म दत्तचित्त भएर लागेको छु । हामी विभिन्न ठाउँमा गएर, विभिन्न ठाउँका अवस्था कस्ता छन्, त्यहाँको विकास कसरी गर्नुपर्छ भनेर हेरिरहेका छौँ । म तपाईंहरूलाई ढुक्क भएर विकास निर्माणको काम र उन्नति प्रगतिको काममा अगाडि बढ्न आग्रह गर्दछु ।

म हाम्रा युवालाई भन्न चाहन्छु, तपाईंहरूले सही बाटो लिनुपर्दछ । विकासको बाटो लिनुपर्दछ । आआफ्नो ठाउँको विकास कसरी गर्ने ? कसरी अगाडि बढाउनु पर्दछ ? एउटा नमुना त हाम्रो याङजुङ शेर्पा नै हुनुहुन्छ, जसले यस दुर्गम ठाउँमा जन्मिएर यस ठाउँको विकासका लागि फाउन्डेसन निर्माण गरेर विभिन्न ढङ्गले काम अगाडि बढाइरहनु भएको छ । मलाई आज अलिक माइत आए जस्तोजस्तो पनि लागिरहेको छ । कोेसेली दिएर पठाउन खोजेको जस्तो देख्छु तर यो फेरिफेरि आइरहोस् भनेर हो कि के हो ? हामीहरूलाई यस्ता कोसेली धेरै नदिए राम्रो हुन्थ्यो ! उता बस्न मन नलागेर फेरिफेरि आइरहुँजस्तो लागिरह्यो भने...! त्यसैले कोसेली अलि धेरै नदिए हुन्थ्यो । म सबै साथीलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु ।

तपाईंहरूकोे ल्होसारजस्ता चाडको अवसरमा शुभकामना दिन चाहन्छु । सबै स्वस्थ रहनुहोस्, उन्नति र प्रगति गर्नुहोेस् । बालबालिकाको पढाइ राम्रो होस् । गुरुबा, गुरुआमाले राम्रो पढाउनुहोस् । बालबालिका, साना नानीहरूलाई म आग्रह गर्न चाहन्छु, मिहिनेतसाथ पढेर देशका लागि भविष्यमा केही गर्नुपर्छ । यस्तै दुर्गम ठाउँमा जन्मिएका मान्छेहरू सङ्घर्ष गरेर अगाडि बढेका हुन्छन्, सङ्घर्ष र कठिनाइ बुझेका हुन्छन् र उनीहरूले देश विकास गर्ने कुरामा झन् ठूलो र झन् धेरै योगदान गर्न सक्छन् । कठिनाइको सामना गरेर अगाडि बढ्न सक्छन् । तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु, अगाडि बढ्ने अठोट गर्नुहोस् । अगाडि बढ््न र देश विकास गर्न सम्भव छ । दुर्गमलाई सुगम बनाउन सकिन्छ । दुर्गमको बेग्लै महìव हुन्छ । यति नजिक हिमाल देखिन्छ, सजिलैसित नजिकैबाट हेर्न सकिन्छ । यो असाधारण सुन्दर कुरा हो । हामीले आवागमनलाई सहज बनायौँ भने यो पर्यटनका लागि धेरै राम्रो ठाउँ हुन्छ । यस निम्ति तपाईंहरूका माग मैले हेरेको छु ।

म सबैलाई धन्यवाद भन्न चाहन्छु । दिन छोटा छन् । तपाईंहरूले डकुमेन्ट्री बनाउँदै हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, डकुमेन्ट्री राम्रो बनोस् । त्यसले घुन्सालाई चिनाओस् । घुन्सालाई नेपालभरि र विश्वभरि नै प्रचार गरोस् । हामीहरू यहाँको भ्रमणमा आयौँ, घुन्साले प्रचार त पायो नै । अब नेपालभरिका जनताले घुन्साका बारेमा थाहा पाउँछन् । तपाईंहरूको यो सुन्दर मनोरम ठाउँ र यसको प्रचार टेलिभिजन, पत्रपत्रिका र युट्युब सबै सञ्चारमाध्यमले गर्छन् । हो, यो ठाउँ अलिकति दुर्गम ठाउँ हो । यो ठाउँमा आउँदा विकासप्र्रेमी योजनविद् डा. हर्क गुरुङ र नेपालको विकासमा साह्रै रुचि राख्ने फिनल्यान्डका त्यसबेलाका कार्यवाहक राजदूत मुत्सुनेन लगायतका साथीहरूको यहाँ भएको दुर्घटनामा ज्यान गुमेकोे थियो । त्यो अत्यन्तै दुःखको कुरा थियो । यो अलिक जोखिमपूर्ण भूगोल छ । भरसक राम्रो मौसम भएको बेला मात्रै आउने गर्नुपर्छ ।

बाटो बनेपछि हेलिकप्टरबाट धेरै आइरहनु पर्दैन । मान्छेहरू बाटोबाटै आउन जान सक्छन् र दुर्घटना पनि कम हुने स्थिति बन्छ । मौसमको खराबीका कारणले दुर्घटना कम हुने अवस्था सिर्जना हुन्छ । यस घडीमा खासमा आज घुन्सा आएको बेलामा म डा. हर्क गुरुङ, तत्कालीन वन राज्यमन्त्री गोपाल राई र फिनल्यान्डका हाम्रा मित्र मुत्सुनेन समेतका सबैलाई स्मरण गर्न चाहन्छु, उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गर्न चाहन्छु । यस ठाउँको विकासलाई ध्यानमा राखेर नै उहाँहरू यहाँसम्म आउनुभएको थियो ।

अब मैले धेरै समय नलिऔँ, हामीलाई छिटो फर्किनुपर्ने छ । त्यसकारण म फेरि सबैलाई शुभकामना भन्न चाहन्छु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।

धन्यवाद !
(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर ८ गते ताप्लेजुङको घुन्सामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन ।) गोरखापत्र दैनिकबाट ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x