नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ यसपटक विगतमा जस्तो नहुने भएको छ । प्राप्त जानकारी अनुसार यो महोत्सव भर्चुअल रुपमा आयोजना हुँदैछ ।

आयोजक मानव अधिकार चलचित्र केन्द्रले कोरोना महामारीका कारण भर्चुअल तरिकाले आयोजना गर्न बाध्य भएको जनाएको छ । महोत्सव आगामी मंसिर १० देखि १५ सम्म आयोजना हुँदैछ ।


Advertisement

अनलाइनमार्फत आयोजना हुने महोत्सवमा ५२ स्वदेशी तथा विदेशी फिचर चलचित्र हेर्न सकिनेछ । त्यस्तै वृत्तचित्र, लघु चलचित्र, एनिमेसन लगायत सबै किसिमका चलचित्र अवलोकन गर्न सकिनेछ ।

महोत्सवमा सेलेक्सनमा परेका चलचित्रहरू चलचित्र टिभी एपमार्फत प्रसारण गरिने भएको छ । इच्छुकले उक्त एपमा केहि मात्रामा खर्च गरेपछि चलचित्र हेर्न पाउनेछन् । त्यस्तै जूममार्फत विभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया पनि गरिने जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्