घरमा उल्कापिण्ड खसेपछि यी व्यक्ति रातारात बने करोडपति

इन्डोनेसियामा एक व्यक्तिको घरको छत भत्काउने गरी उल्कापिण्ड खसेपछि उनी रातारात करोडपति बनेका छन् । 
 

सुमात्रामा बस्ने ३३ वर्षीय जोसुआ हुतागालुङ कफिन बनाउने काम गर्छन् । उनको घरमा केही महिनाअघि उल्कापिण्ड खसेको थियो र उनले त्यसलाई केही दिनअघि लगभग १६ करोड रुपैयाँमा बेचेका छन् । 
 


Advertisement

हुतागालुङ गत अगस्ट महिनामा घरबाहिर काम गरेर बसिरहेको बेलामा २.१ किलो तौल भएको उल्कापिण्ड जस्तापाताले छाएको उनको घरको छतमा बज्रेको थियो । 

एकदमै चर्को आवाज आयो अनि घरका अन्य भाग पनि थर्थर भए । मैले हेर्दा जस्तापाताको छानो पनि भत्किएको रहेछ । उल्कापिण्ड समात्दा तातै थियो,’ उनले बताए । 


Advertisement

उनले फेसबूकमा उल्कापिण्डको तस्वीर शेयर गर्दा धेरैजनाले चासो देखाए । 

उक्त उल्कापिण्ड कार्बोनेसीयस कोन्ड्राइट हो । अत्यन्तै दुर्लभ उक्त उल्कापिण्ड साढे ४ अर्ब वर्ष पुरानो भएको अनुमान गरिएको छ । यसको मूल्य एक ग्रामको लगभग १ लाख पर्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्