×

NMB BANK
NIC ASIA

इजरायलका प्रधानमन्त्रीले साउदी युवराजसँग गरे गोप्य भेटघाट

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग गोप्य भेटघाट गरेको भनी गरिएको दाबीलाई रियादले खण्डन गरेको छ । 
 

Muktinath Bank

नेतान्याहुले यसमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार इजरायली सरकारका एक मन्त्रीले नेतान्याहु साउदीको नियोम शहरमा पुगेको र बिन सलमान तथा अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओसँग कुराकानी गरेको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

तर हिजै साउदीका परराष्ट्रमन्त्री फैसल बिन फरहानले इजरायल र साउदी अरबबीच यस्तो अभूतपूर्व वार्ता नभएको बताए । 

Vianet communication
Laxmi Bank

‘यस्तो भेटघाट भएकै छैन,’ उनले ट्वीट गरे । ‘त्यहाँ अमेरिकी र साउदी अधिकारीहरू मात्र उपस्थित थिए ।’

तर यसअघि इजरायलका शिक्षामन्त्री योआभ गालान्टले बिन सलमान र नेतान्याहुबीचको वार्ता गजबको उपलब्धि भनी बताएका थिए । 

‘यस्तो भेटघाट भयो र यसलाई अर्ध आधिकारिक रूपमा भए पनि सार्वजनिक गरियो, त्यही नै महत्त्वपूर्ण कुरा हो,’ उनले इजरायलको आर्मी रेडियोलाई बताए । 

उक्त भेटघाटमा इजरायलको गुप्तचर संस्था मोसादका प्रमुख पनि उपस्थित रहेको आर्मी रेडियो र कान पब्लिक रेडियोले सोमवार खबर दिए । 

विमान उडान डेटा हेर्दा नेतान्याहुले प्रयोग गर्ने एउटा निजी विमान तेल अभिभबाट नियोमका लागि आइतवार राति उडेको र नियोममा लगभग दुई घन्टा बसेको भनी इजरायली दैनिक पत्रिका हारेत्जले खबर दियो । 

त्यही विमान नेतान्याहुले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न जाँदा प्रयोग गरेको र ह्वाइट जाँदा पनि त्यसैलाई प्रयोग गर्न खोजेको दाबी पनि उक्त समाचारमा गरिएको छ । 

तर लिकुड पार्टीको एक बैठकमा यस भ्रमणका विषयमा सोध्दा नेतान्याहुले भने, ‘तपाईं गम्भीर हुनुहुन्छ ? साथीहरू, यस्ता कुरामा मैले टिप्पणी नगर्ने गरेको वर्षौं भइसकेको छ र अहिले आएर त्यो काम म गर्दिनँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x