भारतले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्र परीक्षण गर्ने भएको छ ।
एक्काईसौं शताब्दीको सबभन्दा खतरनाक क्षेप्यास्त्रमध्ये एक ब्रह्मोस माच ३.५ अर्थात् ४३ सय किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा उड्न सक्छ ।
यसै साता भारतले यसको अनेकौं परीक्षण गर्ने भएको छ । चीनसँग सीमा विवाद चलिरहेको बेलामा यी क्षेप्यास्त्रहरूले कति सटीकताका साथ लक्ष्यवेध गर्न सक्छन् भनी परीक्षण गरिनेछ ।
यो क्षेप्यास्त्र रुस र भारतको रक्षा संस्थानहरूले मिलेर बनाएका हुन् । ब्रह्मोसमा ब्रह भन्नाले ब्रह्मपुत्र र मोस भन्नाले मोस्क्वा बुझ्नुपर्छ । दुवै देशका नदीको नाम आधाआधा मिसाएर क्षेप्यास्त्रको नाम राखिएको हो ।
२९० किलोमिटर रेन्ज भएको ब्रह्मोसको ताजा परीक्षण गर्न लागिएको हो । यो गैरआणविक क्षेप्यास्त्र हो र माच २.८ को गतिमा उड्न सक्छ जुन ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।
यस क्षेप्यास्त्रलाई सुखोई लडाकू विमानबाट प्रक्षेपण गरिनेछ ।
अनि ८०० किलोमिटर रेन्जमा टार्गेट हान्न सक्ने भर्जनको पनि परीक्षण हुन लागेको छ ।
ब्रह्मोस क्षेप्यास्त्र जहाँबाट पनि प्रक्षेपण गर्न मिल्छ । जमीनबाट आकाशमा मार हान्ने सुपरसोनिक क्षेप्यास्त्र ४०० किलोमिटर टाढासम्मको टार्गेटलाई मार हान्न सक्छ ।
पनडुब्बीबाट ब्रह्मोस क्षेप्यास्त्रको पहिलो परीक्षण सन् २०१३ मा भएको थियो । यो क्षेप्यास्त्र पानीमा ४० देखि ५० मिटरको गहिराइबाट प्रक्षेपण गर्न सकिन्छ ।
एजेन्सी