सुनको मूल्य घट्यो

स्थानीय बजारमा सुनको मूल्यमा मंगलवार प्रतितोला १ हजार ८०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।


Advertisement

सोमवार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलवार १ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । 

तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

चाँदीको मूल्य समेत ओरालो लागेको छ । सोमवार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएकामा मंगलवार प्रतितोला ३० रुपैयाँले ओरालो लागेर १ हजार १८० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्