पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तवार्ता लिने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
विभागले मंगलवार लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको विभागका प्रमुख कुमार प्रसाद दाहालले लोकान्तरलाई जानकारी दिए ।
अन्तरवार्ता लिइरहेको सूचनाका आधारमा अनुगमनमा आएको र अन्तवार्ता दिन आउनेहरूको केही थान बायोडाटा बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका शाखा अधिकृत कुशल बरालले लोकान्तरलाई बताए ।
उनले भने,‘सूचनाका आधारमा हामी यहाँ अनुगमनमा आयौं, केही थान कागजपत्रहरू बरामद गरेका छौं ।’
अन्तर्वार्ता चलिरहेको अवस्थामा टोलीले छापा मारेको हो ।
अहिले कम्पनीका सञ्चालकहरूसँग यसबारे छलफल चलिरहेको उनले बताए ।
यसअघि विभागले सोमवार मात्रै डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारेको थियो । ती कम्पनीमा ४ सयभन्दा बढी युवाहरू अन्तवार्ताका लागि आएको भेटिएको विभागले जनाएको छ ।
लोकान्तर संवाददाता