×

NMB BANK
NIC ASIA

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको विरोधमा करीब ७ घण्टासम्म रहेको तनाव बल्ल शान्त भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बर्दिबास नगरपालिका–१४ का साइद अन्सारीकी ६ वर्षीया छोरी गुलाब साह खातूनलाई हत्या गरेको विरोधमा मंगलवार बिहान ६ बजेदेखि नै स्थानीय विरोधमा उत्रिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान साढे ६ बजेतिर प्रदर्शनकारीले विरोध स्वरूप नाराबाजी गर्दै हत्याको आरोपमा पक्राउ परेका अरुणकुमार साहको घरमा ढुंगामुढा गर्नुका साथसाथै आगजनी समेत गरेपछि प्रहरीसँग झडप शुरू भएको थियो ।


Advertisment
Nabil box
Kumari

बर्दिबास घर भएका पत्रकार विक्रम रौनियारका अनुसार हत्या आरोपीको घर जलाएपछि आगो निभाउन बर्दिबास नगरपालिकाको बारूण यन्त्र (दमकल) जाँदा समेत दमकललाई आगो निभाउनबाट प्रदर्शनकारीले अवरोध खडा गरेका थिए ।

Vianet communication
Laxmi Bank

त्यसपछि शवलाई समेत प्रदर्शनकारीले आफ्नो नियन्त्रणमा लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले सिन्धुली हुँदै काठमाडौं जाने बीपी राजमार्ग पनि अवरुद्ध गरेका थिए । राजमार्गका सडकमा टायर बालेर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । 

बालिकाको बलात्कारपछि हत्या गरेको हुनाले स्थानीय आक्रोशित हुँदै स्वस्फूर्त रूपमा हत्यारालाई कडा कारवाही हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन भएको बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुरकुमार कार्की बताउँछन् । ‘विगतमा समेत त्यही अपराधीले १ जनाको हत्या गरेको तर पछि अदालतबाट धरौटीमा रिहा भएको कुरा थाहा पाएपछि स्थानीयमा आक्रोश स्वाभाविक रूपले बढ्न गयो,’ मेयर कार्कीले लोकान्तरसँग भने, ‘बालिकालाई बलात्कार गरेर हत्या गरेको घटनाको विरोधमा मानिसहरूले स्वस्फूर्त विरोध गरे ।’

शवसहित राजमार्गमा बसेका मृतक बालिकाका बुवा साइद अन्सारीले हत्याको बदलामा हत्यारालाई पनि आफूले मार्न पाउनुपर्ने, प्रहरी नियन्त्रणमा रहेका अपराधीलाई आफ्नो जिम्मा लगाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिरहेका थिए । ‘हत्यारालाई फाँसीको सजाय हुनुपर्छ, कानूनमा संशोधन गरेर भए पनि फाँसीको सजाय सुनिश्चित नभएसम्म अपराधीलाई आफूहरूको जिम्मा लगाउनुपर्छ,’ प्रदर्शनकारीले माग राखेका थिए । प्रदर्शनकारीले हत्यारालाई फाँसी देऊ भन्दै निरन्तर नाराबाजी गरेका थिए । 

‘बिहानदेखि १ बजेसम्म प्रहरीले भीडलाई तितरबितर गर्न ५० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो, बीचबीचमा हवाई फायर समेत गर्ने गरेको थियो,’ पत्रकार रौनियारले भने, ‘तर १ बजेदेखि २ बजेसम्म त लगातार हवाई फायर गर्न थालेको थियो ।’ प्रहरीले भटट्ट् हवाई फायर गरेको समेत सुनिएको उनले बताए । 

हवाई फायरका कारण ३ जना प्रदर्शनकारीहरू सञ्जय न्यौपाने, सुरज कार्की र आफताब आलमलाई गोली लागेको थियो । गोली लागेर घाइते भएकाहरूलाई शुरूमा स्थानीय अस्पतालमा उपचार गराइएको थियो भने ३ बजे हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार करीब २ बजेतिर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो । ‘अवरुद्ध राजमार्ग साढे पनि २ बजेदेखि खुलेको छ,’ एसपी केसीले भने, ‘स्थितिलाई नियन्त्रणमा लिनका लागि कति राउन्ड हवाई फायर तथा अश्रुग्यास प्रहार गरिएकोबारे विभिन्न ठाउँबाट विवरण संकलन भई नै रहेकाले अहिले नै भन्न सकिन्न ।’ ३ जना प्रदर्शनकारी घाइते भएको तथा १५ जना प्रहरी पनि घाइते भएका उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x