उत्तर कोरियाका नेता किम जोङ उनका भतिजालाई अमेरिकी गुप्तचर संस्था सीआईएले सुरक्षाका लागि हिरासतमा लिएको बताइएको छ ।
किमका सौतेनी दाइ किम जोङ नामका छोरा हान सोललाई सीआईएले आफूसँग राखेको हो । जोङ नामलाई किमले नर्भ आक्रमण गरेर सन् २०१७ मा हत्या गराएका थिए ।
२५ वर्षीय हान सोल निर्वासित छन् र विलासी जीवन बाँचिरहेको बताइन्छ । उनी अमेरिकी गुप्तचर सेवामा आत्मसमर्पण गरेपछि गायब भएका छन् ।
उत्तर कोरियाको विद्रोही समूह फ्री जोसेओनले किमको भतिजालाई भाग्न मद्दत गरेको द न्युयोर्कर पत्रिकाले खबर दिएको छ ।
उक्त समूहका प्रमुख एड्रियन होङले यति धेरै पैसा भएको युवक नभेटेको बताए । उनले खल्तीभरि नगद बोकेको र गुच्ची ब्रान्डको महंगो जुत्ता लगाएको होङले जानकारी दिए ।
हान सोलका पिता जोङ नाम उत्तर कोरियाका पूर्व नेता किम जोङ इलका जेठा छोरा थिए । उनले जीवनकालमा टन्नै नगद लुकाएको होङको विश्वास छ ।
उत्तर कोरियाको सम्भ्रान्त वर्गसँग असाधारण सम्पत्ति छ । किम परिवारसँग महंगा याट, दरबार र विलासी कारहरू छन् ।
यति धेरै सम्पत्ति अनि सीआईएको सहायतामा हान सोललाई पिताको हत्या भएपछि गायब हुन सहज बनेको बताइएको छ ।
हानलाई मकाउस्थित घरबाट झिकेर गायब बनाएको होङ दाबी गर्छन् ।
एजेन्सी