राष्ट्रिय विभूति शंखधरको भव्य शालिक बनाउन महानगर तयार छ : प्रमुख शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समूदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताएका छन् ।

मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवनको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।


Advertisement

११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाःको सम्मानमा शंखधर दिवसको अवसर पारेर उद्घाटन गरेको भवनले साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउने पनि प्रमुख शाक्यले बताए ।

‘कतिपयलाई नेपाल संवत् नेवार समुदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ,’ शाक्यले भने, ‘नेपाल संवत् राष्ट्रिय संवत् हो । यो सबै नेपालीको संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन ।’ 


Advertisement

शाक्यले शंखधर राष्ट्रिय विभूति भएको भन्दै उनको सम्मान गर्नु भनेको आफ्नै देशको तिथि–मितिको सम्मान गर्नुभएको पनि स्मरण गराए । ‘केही दिनअघि मात्रै काठमाडौं महानगरपालिकाले उल्लेखनीय योगदान दिएका वैभव व्यक्तित्व साख्वाःको अमर योगदानको सम्मान गर्दै ‘शंखधर उद्यान’मा शालिक स्थापना गरिसकेको छ,’ शाक्यले भने, ‘राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उहाँहरूको सम्मानमा शालिक निर्माण गर्दै आएको छ ।’ 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्