×

NMB BANK
NIC ASIA

भारतीय विदेश सचिवको भ्रमणले सुध्रिएला नेपाल–भारत सम्बन्ध ?

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीवारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । 

Muktinath Bank

सामारिक महत्त्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्शा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता अनभिज्ञ छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आकार र आर्थिक सामथ्र्यका आधारमा विश्व मानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अंगीकार गर्दै तदनुरुप नै हुनुपर्ने अभिमत सार्वजनिक रूपमा प्रकट गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

कोभिड–१९ तथा अन्य कारणले करीब १ वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको २ दिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीऔं पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ । 

Vianet communication
Laxmi Bank

शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिँदै आएका छन् । भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रूपमा नै व्यक्त गरेको छ । 

बिहीवार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधि मण्डलस्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ । राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलगायत विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग हुने शिष्टाचार भेटमा विदेश सचिव शृङ्गलाले नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकारसमक्ष प्रवाह गर्नेछन् भने भारतको सुरक्षा चासोबारे पनि उनले भारतको धारणा प्रकट गर्नेछन् । २ देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भागलिन मन्त्री ज्ञवालीलाई आमन्त्रण गर्नु पनि सचिव शृङ्गलाको भ्रमणको अर्को उद्देश्य हो । भारतमा विदेश मन्त्रालयमा कार्यभार सम्हाल्नेबित्तिकै सचिवले छिमेकी मुलुकको परिचयात्मक भ्रमण गर्ने र ती देशको वास्तविक वस्तुस्थिति बुझ्ने प्रचलनकै निरन्तरताका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’ नीति र प्रधानमन्त्री ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न भारतलगायत बाह्य विश्वको नैतिक एवं भौतिक सहयोग नेपालका निम्ति अपरिहार्य छ । कोरोनाको महामारीका कारण शिथिल भएको अर्थतन्त्र उकास्न र सहज ढंगले स्वास्थ्य सेवा प्रवाहका निम्ति आवश्यक उपकरण एवं सामग्री जुटाउन पनि भारतका विदेश सचिवको भ्रमण सहयोगी हुने मान्न सकिन्छ ।

गोरखा भूकम्पका बेला तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा देखाएको तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइपलाइन निर्माण, नेपालको आर्थिक भूपरिदृश्यमा विशाल रुपान्तरण गर्ने ९०० सय मेगावाट क्षमताको ‘गेमचेञ्जर’अरुण तेस्रो जलविद्युत् आयोजनामा भइरहेको प्रगति तथा जनकपुर–जयनगर रेलसेवा  सञ्चालनको तयारी, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माणलगायत भारतको सहयोगमा सञ्चालित परियोजनाले पनि २ देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने जमर्को गरेको सहजै अनुमान सकिन्छ । 

भारत–नेपाल सम्बन्धमा एउटा नयाँ अध्याय आरम्भ गर्ने अभिभाराका साथ हुन लागेको शृङ्गलाको भ्रमणले भारत–नेपाल सम्बन्धको मर्म बुझेर २ राष्ट्रबीच फेरि प्रगाढ आत्मीयताको ज्योति छर्ने आशा दुवै देशमा जनताले गरेको ईपीजीका भारततर्फका सदस्य प्रा. महेन्द्र पी लामाको सार्वजनिक अभिव्यक्ति सत्य सावित हुने अपेक्षा गरिएको छ । – शरच्चन्द्र भण्डारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x