×

NMB BANK
NIC ASIA

प्रहरीका महिला कमान्डर : भन्छन्- 'पुरुषभन्दा कम छैनौं भनेर प्रमाणित गरेर देखाउँछौं'

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फौजमा पुरुषहरूले कमाण्ड सम्हाल्दा धेरै ठाउँमा राम्रा काम गरेको भनेर प्रशंसा गरेको हामीले सुने/देखेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनु पर्ने, दिनरात ड्युटीमा खटिनुपर्ने र राइफल बोक्नुपर्ने प्रहरीमा अहिले महिला प्रहरीहरूले पनि जिल्लाका कमान्ड सम्हालिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अति संवेदनशील मानिने उपत्यकाका जिल्लादेखि महिला हिंसा र अपराधका घटना धेरै हुने तराईका जिल्लाहरू र प्रहरीमा नयाँ भर्ना हुने र तालिम दिने तालिम केन्द्रमा समेत अहिले महिला प्रहरी अधिकृतहरूले कमाण्ड सम्हालिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीमा जिल्ला कमाण्डमा महिला प्रहरी अधिकृतहरू पनि अब्बल देखिएका छन् । हाल एउटा तालिम केन्द्र र ४ वटा जिल्ला प्रहरी कार्यालय गरी ५ स्थानमा महिला प्रहरीले कमाण्डमा सम्हालिरहेका छन् भने देशभरका इलाकामा प्रहरी कार्यालयहरूको तथ्यांक केलाउने हो भने यो संख्या निकै माथि छ ।

Vianet communication
Laxmi Bank

शुक्रवार प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सरुवा गर्‍यो । 

त्यो सरुवामा २ जना एसएसपी महिला सरुवा भए । महानगरीय प्रहरी कार्यालय रानीपोखरी रहेकी एसएसपी किरण बज्राचार्य महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखका रूपमा सरुवा भइन् ।   

यस्तै अर्की एसएसपी किरण राणा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगञ्ज) को प्रमुखका रूपमा सरुवा भएकी छन्, उनी यसभन्दा अगाडि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिइन् । 

यसभन्दा अगाडि प्रहरी प्रमुखका रूपमा पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त, भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापा र सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले कमाण्ड सम्हालिरहेका छन् । 

महिला प्रहरी अधिकृतहरूले कमाण्ड सम्हाल्दा नियमको परिपालना, सिस्टममा चल्ने हुँदा काममा प्रभावकारिता आउने गरेको पाइन्छ । 

महिला प्रहरी अधिकृतले कमाण्ड सम्हाल्दा अनावश्यक रूपमा बाहिरबाट आउने दबाबहरू पनि कम हुने अनुभव रहेको जिल्ला प्रहरी कार्यलय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले बताइन् । 

‘हामीले काम गर्दा कानूनको परिपालना, सिस्टममा चल्ने र आउट अफ प्रेसर कम हुँदा रहेछन्,’ एसपी पन्तले लोकान्तरसँग भनिन्, ‘आम जनताबाट हेर्ने दृष्टिकोणमा पनि फरक हुन्छ ।’

तराईका जिल्लामा महिला प्रहरी प्रमुख देख्दा मानिसहरूले अलिकति असहज महशुस गरेका थिए तर काम गर्दै जाँदा पुरुषभन्दा महिलासँग काम गर्न सजिलो हुने रहेछ भनेर भन्ने गरेको अनुभव उनले सुनाइन् । 

‘तराईको जिल्लामा मैले काम गर्दा अलिकति महिलाहरूले आशा बढी राखेको पाएकी छु,’ एसपी पन्तले भनिन्, ‘किनकी म महिला भएकाले आफूहरूले पनि न्याय पाइन्छ भन्ने आशा राख्नुहुँदोरहेछ ।’

महिला प्रहरीले समाजका स–साना कुरालाई पनि बुझेको र घरायसी समस्याहरू पनि राम्रोसँग बुझेकाले महिला हिंसा लगायतका अपराधमा अनुसन्धानका लागि र न्यूनीकरणका लागि सहज भूमिका खेल्न सक्ने एसपी पन्तले बताइन् । 

पन्त पर्सा गइसकेपछि कोरोना भाइरसको केन्द्र बिन्दु भएको वीरगञ्जमा प्रभावकारी कार्यसम्पादन गर्न सफल भएकी थिइन् ।

वीरगञ्जको एक अपार्टमेन्टमा लुकाइराखेको ५५ किलो सुन बरामद गरेर पनि उनको चर्चा भयो ।

महिला प्रहरी अधिकृतहरूले पनि पुरुष प्रहरी अधिकृतसरह काम गर्न सक्छन् भन्ने कुरा आफूहरूले प्रमाणित गरेको जिल्ला प्रहरी कार्यलय भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाको पनि दाबी छ ।

‘महिला अधिकृतले पनि कमान्डिङ राम्रोसँग सम्हाल्न सक्छन् भन्ने कुरा हामीले प्रमाणित गरेका छौं,’ एसपी थापाले लोकान्तरसँग भनिन्, ‘भक्तपुरमा अहिलेसम्म अपराधका घटनालाई न्यूनीकरण गर्न सफल भएको जस्तो लाग्छ मलाई ।’

आफूले आफैंलाई प्रमाणित गर्छुः एसएसपी किरण बज्राचार्य

महिलाले चुनौतिपूर्ण काम गर्न सक्दैनन् भन्ने आम मानिसहरूको धारणालाई परिवर्तन गर्न आफूले कमाण्ड सम्हालेकाले त्यसलाई प्रमाणित गरेर देखाउने महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । 

‘महिलाले पनि चुनौतीपूर्ण काम गरेर देखाउन सक्छन् भन्ने कुरा प्रमाणित गरेर देखाउँछु,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन्, ‘ललितपुरमा यसभन्दा अगाडि कमाण्ड नलिएको ठाउँ भएकाले पनि मैले काम गरेर देखाउनुपर्नेछ ।’

प्रदेश ट्राफिक प्रहरीको प्रमुख र एसपी हुँदा भक्तपुर जिल्लाको प्रहरी प्रमुख भएर कमाण्ड सम्हालेकी एसएसपी बज्राचार्यले उपत्यकाको काठमाडौं जिल्लापछि सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिने ललितपुरमा सोमवार मात्र इञ्चार्जको रूपमा जिम्मेवारी सम्हालेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x