×

NMB BANK
NIC ASIA

काठमाडौं महानगरले हटायो माइतीघरदेखि तीनकुनेसम्मका ५१ साइनबोर्ड

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैंकले राखेका   ५१ वटा विज्ञापन बोर्ड हटाइदिएको छ ।

Muktinath Bank

ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रवद्र्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरले ती विज्ञापन बोर्ड हटाइ दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंकले लिएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैंकलाई दिने विषयमा महानगरले गएको मंसिर ८ गते नै निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो । गत चैत ४ गते माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौता पत्रमा महानगरका तर्फबाट तत्कालीन सहसचिव राजेश्वर ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रवचन्द्र गौतमले हस्ताक्षर गरेका थिए ।

Vianet communication
Laxmi Bank

बैंकले महानगरले उपलब्ध गराएको डिजाइन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने बताएको थियो ।  

सम्झौताबमोजिम भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरू निर्माण गर्न सकिनेछ उल्लेख गरिएको थियो । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र बैंकले विद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामग्री राख्न सक्ने उल्लेख गरिएको थियो । 

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले विद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो ।  तर दुवै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।  

सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर विज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैंले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । ‘रात्रीकालीन शहरी सौन्दर्य कार्यक्रम’को नमूना परीक्षणका लागि महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलईडी कलर पाइप लाइट’ जडान गरिसकेको छ । उनीहरूले चासो नदेखाएपछि महानगरपालिका आफैले माइतीघर मण्डलालाई व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम अघि बढाएको हो,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरूमा क्रमशः यस्ता बत्ती जडान गर्दै जाने योजनामा रहेका छौं । 

नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि ठाउँ लिएर विज्ञापन गर्ने तर आवश्यकता अनुसारको काम नगर्ने प्रवृत्ति हावी भएको भन्दै महानगरको मापदण्ड विपरीत राखिएका ती बोर्ड हटाएको जानकारी दिए । ‘सम्झौता अनुसार काम अघि नबढेपछि माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा राखिएका ५१ वटा साइनबोर्ड नगर प्रहरीको सक्रियतामा क्रेन लगाएर हटाएको हो,’ नगर प्रहरी प्रमुख सापकोटाले भने, ‘काठमाडौं महानगरपालिकासँग सम्झौतामा उल्लेख भएर अनुसार कार्य नगर्ने तर विभिन्न व्यापारिक प्रतिष्ठानले आफ्ना वस्तुहरूको प्रचार मात्रै गर्ने उद्देश्यले बिजुलीका पोल र आइल्याण्डमा राखेका साइनबोर्ड हटाई दिएका हौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x