×

NMB BANK
NIC ASIA

नेकपा विवाद

पार्टी फुट्दैन, चोइटिन भने सक्छ - नेकपा प्रवक्ता श्रेष्ठ

मंसिर ९, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सहमतिमै समाधान गरिने तर कथं कदाचित सहमति नभए पार्टीले बहुमतका आधारबाट निर्णय गरेर जाने बताएका छन् ।

Muktinath Bank

मंगलवार लोकान्तरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले मङ्सिर १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रतिवेदनमाथि पनि छलफल भएर साझा निष्कर्षमा पुगिने बताए । उनले अध्यक्ष ओलीले बैठकमै छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्न तयार हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने पनि बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अध्यक्षद्वय कमरेड ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ,' प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, 'छलफलपछि निस्किएको निष्कर्ष स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकमा जान्छ । विधि र पद्धतिका आधारमा पार्टीले निर्णय गर्छ ।'


Advertisment
Nabil box
Kumari

अध्यक्षद्वय प्रचण्ड र ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरेपछि निष्कर्ष निकाल्दा अल्पमत र बहुमत हुनुपर्ने स्थिति आयो भने के हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले भने, 'सहमति भएन भने पार्टी निर्णयबिहीन बन्न सक्दैन । बहुमतकै आधारमा निर्णय हुनु विधानसम्मत पद्धति हो ।'

Vianet communication
Laxmi Bank

उनले पार्टी एकता महान उद्देश्य राखेर गरिएको भन्दै पार्टी फुट्ने आधार आफूले नदेखेको बताए ।

'संसद विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन,' श्रेष्ठले भने, 'अध्यादेश ल्याएर पार्टी फुटाउने कोशिस भइहालेमा त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने हुन्छ । एकपटक जनता र पार्टीले नै गलत सावित गरेर फिर्ता भइसकेको अध्यादेश पुनः आउला भन्ने मलाई लागेको छैन ।'

उनले पार्टी फुट्ने नभई चोइटिन सक्ने सम्भावना रहेकोसमेत खुलासा गरे ।

केही साताअघि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीविरुद्ध दर्जन बढी आरोपसहित सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको जवाफ दिन आफूलाई १० दिन लाग्ने ओलीको भनाइपछि सचिवालय बैठक यही १३ गतेका लागि डाकिएको छ ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ एउटा ध्रुवमा उभिएका छन् । गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन नगरेको भन्दै प्रचण्ड-नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग रुष्ट छ ।

मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक नियुक्ति, राजदूत नियुक्तिमा ओलीले एकलौटी गरिरहेको, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन चलखेल गरेको, भारतका जासुसी संस्था 'रअ' प्रमुखसँग बालुवाटारमा भेटेर राष्ट्रियतामाथि खलल पुर्याएको, भ्रष्टाचारलाई प्रश्रय दिएको जस्ता आरोपहरू ओलीमाथि लगाइएका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा ल्याउने प्रस्ताव प्रचण्डलाई जवाफ मात्र नभएर समग्र पार्टीको आगामी रणनीति समेटिने ओलीपक्षीय नेताहरूले बताएका छन् । केही दिनअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री प्रचण्डले लगाएको आरोपको राम्रैसँग हिसाबकिताब हुने बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x