×

NMB BANK
NIC ASIA

महासचिव पौडेल भन्छन् - पार्टीको समस्या ‘लीक’बाहिर जाँदैछ, सम्हाल्ने प्रयास भइरहेको छ

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेले पार्टीभित्रको अन्तरिक विवाद ‘लीक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा अनायासै प्रकट भएका समस्याले निम्त्याएका गतिविधि मर्यादाबाहिर पुगेको उनको दाबी छ ।

Sagarmatha Cement
Muktinath Bank

अर्थमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका पौडेलसँग प्रेस संगठन नेपाल, रुपन्देहीले मंगलबार साँझ बुटवलका गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘अध्यक्षद्वयबीचको विवाद ‘लीक’ बाहिर जान खोजेको देखिन्छ । नेता कार्यकताहरु पनि मर्यादाबाहिर गएको देखियो । हामी दोस्रो तहका नेताहरू विवाद ‘लीक’मा ल्याउन प्रयासमा छौं । पार्टीको अन्तरविरोध हटाउँदै एकता बचाउन सबै लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले थपे, ‘पार्टीमा परिस्थिति कल्पना गरेभन्दा पृथक देखियो । पार्टीको समस्या समाधान गर्न सबै केन्द्रित हुनुको विकल्प छैन । पार्टीमा कसैले पनि विभाजन नचाहेको भन्दै एकता नचाहनेलाई किनारा लगाउनुपर्ने अहिलको आवश्यकता हो । हामी त्यही ढंगले कोशिस गरेका छौ । पार्टीको आन्तरिक जीवनमा आएको समस्याले कार्यकताहरुलाई चिन्तित बनाएको छ ।'


Advertisment
Nabil box
Kumari

महासचिव पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको भेटघाट नियमित हुने छलफल जस्तै भएको बताए । उनले भने, ‘नेकपासँग सुविधाजनक बहुमत छ । कांग्रेससँग किन सत्ताको विषयमा छलफल गनुपर्‍यो ? प्रधामन्त्री र सभापति देउवाबीच नियमति हुने छलफल भएका हो । त्यसलाई सत्ता समिकरणसँग जोडेर हेर्न आवश्यक छैन ।’

Vianet communication
Laxmi Bank

पौडेलले राजधानी बुटवलबाट दाङ गए पनि बुटवल विकास र समृद्धिमा कहिल्यै पछाडि नपर्ने स्पष्ट पारे । पौडेलले भने, ‘राजधानी बुटवल बनाउने भनेका थियौ । एउटा प्रक्रियाबाट टुंगो लाग्यो । यो ठाउँ विकासबाट पछाडि पर्दैन । यहाँ अहिले पनि विकासका योजना लामबद्ध छन् । यो ठाउँको विकासका योजनामा विमर्श र सहकार्य गर्न तयार छौं ।’

प्रदेश सरकारले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर आर्थिक राजधानी बनाउने निर्णय कार्यान्वन गर्न सफल बनाउनुपर्ने बताए ।

पौडेलले निर्वाचनका बेला घोषणा गरेका प्रतिवद्धता चरणबद्ध रुपमा पूरा हुँदै जाने बताए । कोरोना महामारीले थला परेको देशको अर्थव्यवस्थालाई पुर्नताजगी दिन आफू शुक्ष्म ढंगले अध्ययन गरी लागेको जानकारी समेत मन्त्री पौडेलले दिए ।

जनताका पक्षमा एकपछि अको सकारात्मक काम गर्दै जाने मन्त्री पौडेलको प्रतिबद्धता छ । पौडेलले कोरोनाको निशुल्क जाँच र उपचारबाट सरकार पछाडि नहटेको समेत स्पष्ट पारे । उनले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने विषयमा पनि सरकारले गृहकार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको जानकारी गराए । पौडेलले बुधबार बुटवलमा विभिन्न आयोजनाहरुको शिलन्यास गर्ने कार्यक्रम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x