नेपाल मार्सल आर्ट संघ 'हाप्किडो' स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित

नेपाल मार्सल आर्ट संघ हाप्कीदो स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित भएका छन ।

हाप्किडोको स्याङ्जा जिल्लामा भएको पहिलो भेलाले न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।


Advertisement

जसमा उपाध्यक्षमा नितेन रनपाल, सचिव मनोज खड्का र कोशाध्यक्षमा प्रतिष्ठा कार्की निर्वाचित भएका छन । कार्यक्रममा केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगर, महासचिव सुर्वण बिसी, लुम्बिनी प्रदेश अध्यक्ष सुवास परियार र स्याङ्जा जिल्लाका युवा नेता भरत गोदार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल मार्सल आर्ट संघ हाप्किडोका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले स्वस्थ जीवन र राष्ट्रिय पहिचान सहितको समृद्ध राष्ट्रका लागि खेलकुद क्षेत्रको विकास अनिवार्य भएको विचार व्यक्त गरेका थिए ।


Advertisement

मगरले खेलकुद क्षेत्रको विकासका लागि युवाहरुको युवाहरुको विशेष भुमिका रहेको बताउंदै र स्याङ्जामा मार्सल आर्ट हाप्कीदोको पहिलो भेला सम्पन्न भएकोमा खुसी व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष न्यौपानेले स्याङ्जामा हाप्किडोको विकासका लागि संघको नेतृत्वको तर्फबाट आवश्यक अनुसार उल्लेखनीय भुमिका निर्वाह गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।

हाप्किडोको भेला आज मंगलवार प्रदेश कमिटी उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा स्याङ्जा सदरमुकाममा सम्पन्न भएको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्