यो सरकारलाई संसारको कुनै ताकतले हटाउन सक्दैनः मन्त्री श्रेष्ठ

विराटनगर । सहरी विकासमंत्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।   विराटनगर स्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयको एक कार्यक्रममा मंगलबार संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री श्रेष्ठले  नेपाली जनताले पाँचवर्ष सम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफनो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन् ।

जनताले पाँच वर्षे म्यान्डेड दिएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई संसारको कुनैपनि ताकतले पनि गिराउन सक्दैन । यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो ।’
 मुलुकको राजनिति स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमंत्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधि सम्म चल्ने उनको भनाइ थियो ।
यो सरकार नेपाली जनताको जनमतको शक्तिबाट बनेकाले प्रधानमन्त्री ओलीले पार्टी कार्यकालसहित पूरा पाँच वर्षे अवधि  पूरा गरेर सरकारले इतिहास रच्ने दावी  पनि उनले गरे ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्