×

NMB BANK
NIC ASIA

कोरोना कहरका बीच कक्षा १२ को परीक्षा उत्साहजनक

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन भएको छ ।

Muktinath Bank

 राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टर, घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गर्दै परीक्षामा सामेल हुने विद्यार्थीको अनिवार्यरुपमा ज्वरो नाप्ने, मास्क लगाउने, एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राखेर भौतिक दूरी कायम गराई पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराएर देशभर सफल रुपमा सञ्चालन भएको पहिलो दिनको परीक्षाले उत्साह थपेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्ने नियम पालना गराए पनि कोभिड सङ्क्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ । आजदेखि आगामी १६ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टा समयको छ । परीक्षामा देशभरका चार हजार १०५ विद्यालयमा चार लाख ३२ हजार ५०० विद्यार्थीले परीक्षा दिएका थिए ।


Advertisment
Nabil box
Kumari

    कोरोनाका कारण बोर्डले यस वर्ष ४० प्रतिशत अङ्क कक्षा ११, २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट र ४० प्रतिशत अङ्कका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको परीक्षामा सहभागी परीक्षार्थीसँगै केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

Vianet communication
Laxmi Bank

बोर्डले हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पु¥याए पनि अन्य जिल्लामा भने विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाएको अर्यालले जानकारी दिनुभयो । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्ड पठाएर कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था गरिएको थियो ।

अनिवार्य विषयका करिब पाँच सेट प्रश्नत्रप तयार पारेको र परीक्षा सञ्चालन कार्यविधि बनाएर बोर्डले परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिएको थियो ।

परीक्षा अनुगमन र निगरानीका लागि बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरिएको र बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल, सदस्य सचिव अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्ने व्यवस्था गरिएको छ । परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्ने व्यवस्था गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x