झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् । बजेट अभावकै कारण पुल निर्माणमा ढिलाई हुन नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित पुल निर्माण भइरहेको स्थलको आज स्थलगत निरीक्षण गर्दै झोलुङ्ग पुल समयमै निर्माण सम्पन्न गर्न सबैको सहयोग र खबरदारी आवश्यक रहेकोमा जोड दिए । विसं २०७२ मै सम्पन्न भइसक्नुपर्ने झोलुङ्गे पुल लामो समय वित्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि अध्यक्ष तिमिल्सिनाले विशेष पहल र चासो देखाउँदै आएका छन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्