ऊर्जा बचत कार्यमा योगदान गरेका विभिन्न कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेका विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ ।

आज आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेका हुन् ।


Advertisement

 बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो । अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई रु ५३ लाख ५१ हजार ५८४, हुलास स्टील इन्डस्ट्रिजलाई रु ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई रु १७ लाख आठ हजार ४५६ रकम हस्तान्तरण गरिएको छ ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्तान्तरण गरे ।


Advertisement

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यान्वयन गरेको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्