×

NMB BANK
NIC ASIA

उत्तर प्रदेश सरकारले ल्यायो धर्मपरिवर्तन रोक्ने कानून

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारले अन्तरधार्मिक विवाहका विषयमा उठेको विवादका बीच मंगलवार धर्मपरिवर्तन रोक्ने अध्यादेशलाई मञ्जूरी दिएको छ । 

Muktinath Bank

उत्तर प्रदेश विधि विरुद्ध धर्म संपरिवर्तन प्रतिषेध अध्यादेश २०२० नामक यस कानूनअनुसार, जबर्जस्ती धर्मपरिवर्तनलाई उत्तर प्रदेशमा दण्डनीय अपराध बनाइएको छ । यसमा एकदेखि १० वर्षसम्मको कारावास सजाय हुन सक्छ र १५ देखि ५० हजार भारुसम्मको जरिवाना लगाउन सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहेका लागि धर्मपरिवर्तन गर्ने कामलाई यस कानूनले अमान्य बनाएको छ । राज्यपालको सहमतिपछि यो अध्यादेश लागू गरिनेछ । 


Advertisment
Nabil box
Kumari

उत्तर प्रदेशका कानून व्यवस्था कायम गर्नका लागि यो अध्यादेश जरूरी रहेको सरकारका प्रवक्ता सिद्धार्थनाथ सिंहले बताए । 

Vianet communication
Laxmi Bank

महिला, विशषगरी अनुसूचित जाति जनजातिका महिला, लाई न्याय दिलाउन यो कदम आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने, ‘बिहेका लागि जबर्जस्ती धर्मपरिवर्तन गराउने घटना बढिरहेका थिए । सयभन्दा बढी यस्ता घटना सार्वजनिक भइसकेका छन् । धोका वा जबर्जस्ती यस्ता धर्मान्तरण हुने गरेका छन् । उच्च अदालतले पनि बिहेका लागि गरिएका धर्मान्तरण अवैध भएको आदेश दिइरहेका छन् ।’

धर्मान्तरण जबर्जस्ती वा छलपूर्वक गरिएको हैन र विवाहका लागि पनि हैन भनी प्रमाणित गर्ने जिम्मेवारी गर्ने र गराउनेको हुनेछ । 

बिहेका लागि कसैले स्वेच्छाले धर्मपरिवर्तन गर्न चाहेमा दुई महिनाअगावै सम्बन्धित जिल्लाको डीएमलाई नोटिस पठाउनुपर्नेछ । 

त्यसो नगरेमा १० हजार भारु जरिवाना लाग्नेछ अनि ६ महिनादेखि तीन वर्षसम्मको जेल सजाय हुनेछ । 

लगभग एक महिनाअघि जौनपुरमा एक चुनावी भेलालाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका थिए, ‘लभ जिहादमा कडा कानून बनाइनेछ ।’

मध्य प्रदेश र हरियाणा जस्ता भाजपाशासित राज्यले पनि यस्तै किसिमको कानून बनाउने बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x