‘बलिउडका कलाकारका छोराछोरीको कहिले पनि यौन शोषण हुँदैन, बाहिरकालाई बाँकी राख्दैनन्’

केही बलिउड फिल्महरूमा खेलेर हराएकी सेलिना जेट्लीले हिन्दी फिल्म उद्योगमा चलिरहेको बाहिरिया र भित्रियाको विवादमा बयान दिएकी छन् । 

उनले भनिन्, ‘स्टार कलाकारहरूको सन्तान र फिल्मसँग कुनै साइनो नभएका र बाहिरबाट आएका मानिसले आआफ्नै किसिमको संघर्ष गर्नुपर्ने हुन्छ ।’


Advertisement

‘कुनै कलाकारले आफ्नो मातापिताको आडमा सफलता प्राप्त गर्छ भने त्यो गलत कुरा हैन । तर यस्ता नेपोकिडका कारण अर्को बाहिरिया प्रतिभाशाली स्टारको सफलता रोकिनुहुँदैन ।’

उनले थपिन्, ‘सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने स्टारहरूको सन्तानले यौन शोषणको शिकार बन्नुपर्दैन । तर आउटसाइडरले यौन शोषणमा नपरी काम पाउन मुश्किल छ । भित्रिया र बाहिरियामा यही फरक छ । कठिन परिश्रम त सबैले गर्नुपर्छ, कोही कम गर्छन् कोही धेरै ।’
 


Advertisement

सेलिनाले नो एन्ट्री, टम डिक यान्ड ह्यारी र अपना सपना मनी मनी जस्ता फिल्ममा काम गरेकी छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्