×

NMB BANK
NIC ASIA

कोरोना महामारीका बेला मञ्जुलाई गाउँले लोभ्यायो

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कहिले अस्ट्रेलिया, कहिले जापान त कहिले कुन देशको सांस्कृतिक कार्यक्रममा । कहिले बुटवल, कहिले धनगढी, त कहिले पोखराको सांस्कृतिक कार्यक्रममा । २–४ दिन बाँकी रह्यो भने त गीत पनि रेकर्ड गराउनुपर्‍यो ।

Muktinath Bank

घरमा खान समेत फुर्सद हुँदैनथ्यो । यो मञ्जु पौडेलको कोरोना महामारीअघिको दैनिकी थियो । तर, अहिले मञ्जुको दैनिकी पूरै परिवर्तन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा जब कोरोना महामारीले प्रवेश गर्‍यो, आम नागरिकजस्तै उनी पनि झण्डै ८ महिना लकडाउनमा समय बिताइन् । छोरी र नजिकका केही साथीभाइसँग मात्रै दिनरात घरमा थुनिएर बसेकी मञ्जुलाई वाक्कै लागेछ, लकडाउन खुल्नासाथ काठमाडौं छाडिन् ।


Advertisment
Nabil box
Kumari

पोखरा, पाल्पा हुँदै आफू जन्मिएको घर गुल्मी पुगिन् । गुल्मी बम्घामा उनको जन्मघर छ । यो मञ्जुले कपुरी क सिकेको ठाउँ हो । बोल्न सिकेको ठाउँ हो । कक्षा १० सम्म पढेको स्थान हो ।

Vianet communication
Laxmi Bank

मञ्जुले आफ्नो आवाजमा गीत गाउने कला छ भन्ने पत्ता लगाएको स्थान पनि हो यो । लकडाउनका बेला जाने मन थियो, तर त्यो बेला जान डर लाग्यो, मञ्जुले भनिन्, ‘लकडाउन खुल्नासाथ जन्मघर जाने हुटहुटी जाग्यो । अनि तुरुन्तै झोला प्याक गरेर घर हिडेँ ।’ 

मञ्जुले कक्षा १० सकेर प्लस टु पढ्न बुटवल झरेपछि पहिलोपटक यति लामो समय जन्मघरमा बिताएकी हुन् । 

‘शुरूमा अलिकति गाह्रो भयो,’ उनले भनिन्, ‘एक हप्तापछि त असाध्यै रमाइलो लाग्न थाल्यो ।’

बिहान उठ्ने, पानी भर्ने, भैँसी दुहुने र दूध तताउँदै अगेनाको साइडमा बसेर चिया खाँदै आमासँग गफ गर्दा निकै रमाइलो लाग्थ्यो, मञ्जुले गाउँघरको बसाइबारे आज काठमाडौं झर्नासाथ भनिन्, ‘दाउराको आगो बालेर खाना बनाउने र दिनभरि घाँसपात र खेतबारी गर्दा त दिन बितेको पत्तै नहुने रहेछ ।’

मञ्जुले यसपटकको लामो गाउँ बसाइले जीवनमा धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएको समेत बताइन् । साँच्चिकै खुशी त गाउँमा जति पनि रहेछ, मञ्जु थप्छिन्, ‘हामीले खुशी खोज्दै संसारभर पुग्छौं । तर, गाउँमा बस्न जान्ने हो भने शहरभन्दा झन् रमाइलो रहेछ ।’

मञ्जुले रमाइलो प्रसंगमा भनिन्, ‘गाउँमा घर टाढा छन्, मन गाढा । शहरमा घरनजिक मन टाढा हो कि जस्तो लाग्यो ।’

‘शहरबजारमा कुनै कुराको पनि अभाव हुन्न भनिन्छ । तर, शहरमा बस्न पैसा चाहिन्छ, गाउँमा मन,’ मञ्जुले थपिन्, ‘पैसाले पनि किन्न नसकिने खुशी कतै पाइन्छ भने त्यो गाउँ हो ।’

शहरबजारमा जस्तै गाउँ–गाउँमा अहिले गाडी पुग्छन् । बजारको केही कुरा किन्न मन लाग्यो भने नजिकै बजार छ, किन्न पाइन्छ ।

उनी थप्छिन्, ‘गाउँमै अर्ग्यानिक तरकारी पाइन्छ । भैँसी नपालेरै पनि दूध पिउन सकिन्छ । आफैँ फलाएको सागपात खान पाइन्छ । वास्तवमा गाउँ त साँच्चिकै गाउँ पो रहेछ । स्वस्थ शरीरका साथ बाँच्ने हो भने गाउँको अरू कुनै विकल्प छैन ।’

यो बसाइमा मञ्जुले नजिकका आफ्ना आफन्त, इष्टमित्रसँग राम्रैसँग समय कटाइन् । तम्घासको शिर रेसुंगाको डाडाँदेखि बम्घाको शिर बौहा पुगिन् । रानीवासको चुकौनी खाइन् । सर्जिपानीको कलकल चिसो पानी पिइन् ।

अनि हिजो घर छाड्ने दिन मनमनै एउटा प्रण गरिन्, ‘कामको शिलशिलामा जहाँ पुगे पनि जीवनको अन्तिम श्वास त गाउँमै फेर्छु । उमेर बढ्दै गएपछि गाउँमै आएर एउटा चिटिक्कको घर बनाएर गाउँमै बस्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x