पाकिस्तानका पूर्व सैन्य अधिकारी एयर भाइस मार्शल शहजाद चौधरीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमाथि पाकिस्तानी विद्रोहीहरूलाई भड्काइरहेको आरोप लगाएका छन् ।
डोभालले पश्तून ट्राइबल क्षेत्र र बलुचिस्तानमा विद्रोही गुटहरूलाई उपयोग गरेर पाकिस्तानी सेनालाई कश्मीर मुद्दाबाट ध्यान हटाउन र देशकै आन्तरिक विषयमा फसाउन कोशिश गरिरहेको उनको भनाइ छ ।
डोभाल्स डर्टी वार नामक लेख उनले आइतवार छपाएका छन् र यी सारा आरोप लगाएका हुन् ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले सरकार र सेनामाथि अनेकौं आरोप लगाइरहेको बेलामा चौधरीको यो लेख आएको छ ।
एजेन्सी