×

NMB BANK
NIC ASIA

वर्तमान सरकारले आफ्नो ५ वर्ष कार्यकाल पूरा गर्छ– अर्थमन्त्री पौडेल

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्ने दाबी गरेका छन् । 

Muktinath Bank

बुटवलमा बुधवार तिनाउ–दानव कोरिडोरको शिलान्यास गर्दैै पौडेलले सरकार ५ वर्ष पूरै टिक्ने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘मुलुकमा कसैले अस्थिरता चाहेको छ भने त्यो पूरा हुन सक्दैन । जनताको विकास र समृद्धिलाई केन्द्रमा राखेर केपी ओली नेतृत्वको सरकार अगाडि बढेको छ ।’ 


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री पौडेलले थपे, ‘सरकार जनताको म्यान्डेडअनुसार अगाडि बढेको छ, कसैको चाहनाले ढल्दैन ।’

Vianet communication
Laxmi Bank

पौडेलले रुपन्देही विकास र समृद्धिको दिशामा तीव्र रूपमा अगाडि बढेको बताए । 

रुपन्देहीमा धेरै विकासका योजनाहरू अगाडि बढेका छन । तिनीहरूमा पनि धमाधम काम भइरहेका छन् । तिनाउ दानव कोरिडोर पनि यहाँको महत्त्वपूर्ण आयोजना हो ।

यसलाई पनि समयमै सम्पन्न गर्न सबैको खबरदारी आवश्यक रहेको पौडेलको भनाइ छ । 

करिडोरले तिनाउ नदीवारि र पारिबीच भएको विभेदलाई अन्त्य गरेको पौडेलको दाबी छ । 

‘तिनाउ र दानवलाई अभिषाप होइन, वरदानका रूपमा उपयोग गरिरहेका छौं । अहिले बन्न लागेको करिडोरका वासिन्दालाई गर्व गर्नलायक हुन्छ,’ पौडेलले भने ।

समयभन्दा अगाडि नै आयोजना पूरा गर्न पौडेलले निर्माण कम्पनीलाई आग्रह गरे । 

बुटवल बजार क्षेत्रको सडक विस्तारको काम अगाडि बढ्न नसक्दा बुटवलकै मुहार बिग्रिएको भन्दै अवरोध नगर्न उनले बुटवलवासीलाई आग्रह गरे ।

‘जनताका सरोकारका विषयमा हामी जनप्रतिनिधि जनतासँगै छौं । विकास आयोजना साझा सरोकारका विषय हुन्, अवरोध नगरौं,’ उनले भने ।

तिनाउ–दानव कोरिडोर वैकल्पिक सहायक राजमार्गको रूपमा विकास हुनेछ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x