×

NMB BANK
NIC ASIA

बर्दिवास घटना : शहीद घोषणा सहितका मागमा सहमति जुट्यो, आन्दोलन रोकिने !

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न गृह मन्त्रालयमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने तथा मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिसँगै बर्दिवासको आन्दोलन स्थगित हुने भएको छ ।

Muktinath Bank

बर्दिवासमा बुधवार सीडीओ र सुरक्षा निकायका प्रमुखसहित सर्वदलीय बैठक र सीडीओको नेतृत्वमा आन्दोलनरत पक्षसँग भएको वार्तामा उक्त सहमति जुटेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसक्रममा बालिका हत्या प्रकरणको तटस्थ अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने, घाइतेहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यस्तै प्रहरीले चलाएको गोलीका कारण एक जनाको मृत्यु तथा केही मानिस घाइते भएको र उक्त घटनाको सत्यतथ्य छानबिनका लागि छानबिन समिति गठन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने सहमति समेत जुटेको छ ।

Vianet communication
Laxmi Bank

यता आन्दोलनरत पक्षको वार्ता टोलीका संयोजक चिरञ्जीवी हमालले सहमति भएको र सोहीअनुसार पीडित परिवारलाई भेटेर सम्झाउन आफू त्यसतर्फ गइरहेको लोकान्तरलाई जानकारी दिए ।

केही व्यक्तिहरूले आन्दोलन नरोक्ने बताए पनि भोलि उनीहरू सडकमा निस्किए आफूले सम्झाउने उनको भनाइ छ ।

सहमतिमा आन्दोलनरत पक्षका तर्फबाट वार्ता टोलीका १३ जना तथा सरकारी टोलीका तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल र ३ जना एसपीको हस्ताक्षर रहेको छ ।

स्थानीय ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या भएपछि बर्दिवासमा आन्दोलन भएको थियो ।

मंगलवार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएपछि आक्रोश थप बढेको थियो ।

सोही कारण बुधवार स्थानीय प्रशासनले बर्दिवासमा निषेधाज्ञा जारी गरे पनि निषेधाज्ञा तोड्दै प्रदर्शन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x