×

NMB BANK
NIC ASIA

बेपत्ता रहेका फुच्चे गाइड भनिने राहुल फेला, डुले यी ठाउँहरू

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी आज फेला पर्नुभएको छ ।

Muktinath Bank

कपिलवस्तु नगरपालिका–३ घर भएका शाहनी कात्तिक १७ गते सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमबुद्ध जन्मस्थल लुुम्बिनी र कपिलवस्तुुको तिलौराकोट घुुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई उनीहरूकै भाषा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने शाहनीलाई प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका–७ मर्यादपुर नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

पर्यटकीयस्थल तिलौराकोटमा आउने पर्यटकको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार, प्रहरी तथा अन्य सरोकारवालाले खोजी कार्य गरेका थिए ।

Vianet communication
Laxmi Bank

प्रहरीले शाहनीलाई बुबा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षीय शाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको पर्यटकीय महत्वका विषयमा बुझाउने गर्छन् ।

उहाँसँग नेपाली, हिन्दी, अङ्ग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान छ । कहाँ गएका थिए राहुल कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्किएका शाहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे ।

बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्ले ।

गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर ३ः३० बजे बेलिपार्कमा आमाको काकाकी छोरी मिरा शाहनी घरमा पुगे ।

दिदीको घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकोले फर्किएको शाहनीले बताए ।

जम्मा ३०० भारतीय रकम आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको शाहनीले बताए ।

लकडाउनपश्चात् विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जाउँ भन्दै दबाब दिने गरेकाले आफू भागेको प्रहरीसमक्ष उनले बताएका छन् ।

यता परिवार पक्षले कसैले अपहरण गरेको हुनसक्ने बताउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x