क्रिकेट कप्तान मल्ललाई कोरोना संक्रमण पुष्टि

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । मल्लले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई पनि संक्रमण पुष्टि भएको नेपाल क्रिकेट संघका एक अधिकारीले बताए ।
संघले बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
 बसन्त रेग्मी, सन्दीप लामिछाने,  शरद भेषावकर र सुवास खकुरेलले भने स्वाब दिएका थिएनन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्