१८ वर्षमुनि र ६० वर्ष माथिकालाई कात्तिक नृत्यमा सहभागी नगराइने

शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ ।
मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो ।

 अठार वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारका रूपमा छनोट गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए । हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नृत्य मञ्चन गरिन्छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्