प्रदेश १ मा ३७२ सङ्क्रमित थपिए, १३८ डिस्चार्ज

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार २३८ जनाको पिसीआर परीक्षण गरिएकामा १४७ महिलासहित ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका १५९ मध्ये विराटनगरमा १२१, सुनसरीका ५७, झापाका ९७, सङ्खुवासभाका २७, इलामका १२, पाँचथरका चार, भोजपुरका दुई, तेह्रथुम र उदयपुरका एक÷एक तथा प्रदेश बाहिरका १२ जना रहेका  छन् । प्रदेशमा आज डिस्चार्ज हुने होम आइसोलेसनबाट १३७ जना र मेची अस्पतालबाट एक जना मात्र छन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्