यस्तो छ आयात निर्यातको अवस्था

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई रु ३१ अर्ब पाँच करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।


Advertisement

 चालू आवको तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर रु दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।
 
 वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, खाने तेल, कोइलालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, हवाईजहाज तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।
 
निर्याततर्फ सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालू आवको तीन महिनामा कूल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी रु दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।


Advertisement

समीक्षा अवधिमा भ्रमण आयमा ९१.५ प्रतिशतले कमी आई रु एक अर्ब ४७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ३३ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ७४.८ प्रतिशतले घटी रु पाँच अर्ब २९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु चार अर्ब ४० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २१ अर्ब रहेकोमा शिक्षातर्फको व्यय रु १० अर्ब १८ करोड रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्