फुटबल दुनियाँका महान खेलाडी डिएगो म्याराडोनाको बुधबार निधन भएको छ ।
६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘कार्डियक एरेस्ट’ बाट निधन भएको बेलायती अखबार डेली मेलले जनाएको छ ।
दिमागमा रगत जमेर बिरामी परेका उनमा अपरेसन गरेर अस्पतालबाट घर फर्किएको २ सातापछि ह्र्दयघात भएको बताइएको छ ।
लोकान्तर संवाददाता