×

NMB BANK
NIC ASIA

चीन र नेपालबीचको सहकार्यले उच्च गुणस्तरको विकासका लागि अझ बढी अवसरहरू प्राप्त हुँदैछन् : हउ याङ्छी

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

केही समय अघि चिनिया कम्युनिष्ट पार्टीको उन्नाइसौँ केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठक पेइचिङ्मा सम्पन्न भयो । बैठकले “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यसम्बन्धी सुझाव“ (‘सुझाव’) पारित ग¥यो र चीनको विकासले सामना गर्नु परिरहेको अन्तर्राष्ट्रिय र आन्तरिक अवस्थाको गहन विश्लेषण गरी सन् २०३५ मा समाजवादी आधुनिकीकरणलाई सामान्य रूपमा साकार बनाउने दीर्घकालीन लक्ष्य प्रस्तुत ग¥यो । साथै, चौधौँ पञ्चवर्षीय योजना (सन् २०२१‐२०२५) अवधिमा चीनको विकासका दिशा, प्रमुख लक्ष्य र रणनीति निर्धारण गर्यो ।

Muktinath Bank

चीनको दीर्घकालीन आधुनिक निर्माण र चरणगत विकासलाई मिलाई वैज्ञानिक ढङ्गले विकासलाई विभिन्न चरणमा विभाजित गरी सधंँ चरणगत र क्रमिकरूपमा आर्थिक सामाजिक विकासलाई अगाडि बढाउनु चिनियाँ कम्युनिष्ट पार्टीको राज्य शासनसम्बन्धी एक सफल अनुभव हो । सन् १९५५ मा पहिलो पञ्चवर्षीय योजना निर्धारण गरिएदेखि अहिलेसम्म चीनमा १३ वटा पञ्चवर्षीय योजना कार्यान्वयन भइसकेका छन् । ती योजनाहरूको निर्देशनमा चिनियाँ जनताले ७० बर्षको सङ्घर्षद्वारा आर्थिक, सामाजिक विकासको क्षेत्रमा महान् उपलब्धि हासिल गरेका छन् । देशको आर्थिक, वैज्ञानिक प्राविधिक क्षमता तथा समष्टिगत राष्ट्रिय शक्तिमा अभूतपूर्व विकास भई नयाँ उचाइमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्षको चीनको कुल गार्हस्थ उत्पादन एक हजार खर्ब युयान नाघ्ने, प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १० हजार अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ । विगत ४० वर्षमा चीनले सफलतापूर्वक आफ्ना ८५ करोड जनतालाई गरिबीको रेखाभन्दा माथि पु¥याएको छ । विश्व गरिबी निवारणमा चीनको योगदान ७० प्रतिशतभन्दा बढी छ । यसैबीच, चीनले विश्वको सबैभन्दा ठूलो आकारको सामाजिक सुरक्षा व्यवस्था स्थापना गरेको छ । एक अर्ब ३० करोडभन्दा बढी जनतालाई आधारभूत स्वास्थ्य बीमा तथा करिब एक अर्ब जनतालाई आधारभूत वृद्धभत्ता बीमा उपलब्ध गराएको छ ।


Advertisment
Nabil box
Kumari

चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यको ठूलो ऐतिहासिक महत्व छ । त्यसको विशेषता तीनवटा ‘नयाँ’ हुन्‐ विकासको नयाँ चरणमा प्रवेश, विकास सम्बन्धी नयाँ सिद्धान्तको तर्जुमा र विकासको नयाँ स्थितिको निर्माण ।

Vianet communication
Laxmi Bank

यसवर्ष चीनले निरपेक्ष गरिबीको उन्मूलन गर्नेछ र पूर्व निर्धारित समयमा नै मध्यमस्तरीय आययुक्त समाजको सम्पूर्ण रूपले निर्माण गरी पहिलो सयवर्षे सङ्घर्षको लक्ष्य प्राप्त गर्नेछ । अर्को वर्ष चीन विकासको नयाँ चरणमा प्रवेश गर्नेछ । र, समाजवादी आधुनिक देशको सर्वाङ्गीण निर्माणको नयाँ विजययात्रा प्रारम्भ गरी दोस्रो सयवर्षे सङ्घर्षको लक्ष्य प्राप्तितर्फ अगाडि बढ्नेछ । सन् २०३५ सम्ममा चीनको आर्थिक, वैज्ञानिक तथा प्राविधिक क्षमता र समष्टिगत राष्ट्रिय शक्तिमा ठूलो वृद्धि हुनेछ । देशको शासन व्यवस्था र शासन क्षमताको आधुनिकीकरण पूरा हुनेछ । जनताको सुसंस्कृत व्यवहार तथा सामाजिक सभ्यता एक नयाँ उचाइमा पुग्नेछ । भौतिक वातावरणमा आधारभूत रूपमा सुधार हुनेछ । विश्वका अन्य मुलुकहरूप्रतिको खुलापन एक नयाँ अवस्थामा पुग्नेछ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनको स्तर मध्यम विकसित देशहरूको दाँजोमा पुग्नेछ । जनजीवन अझ सुन्दर हुनेछ । मानिसहरूको सर्वाङ्गीण विकास, सम्पूर्ण जनतालाई एकसाथ समृद्धि प्राप्तिमा अझ उल्लेखनीय ठोस प्रगति हुनेछ ।

विकाससम्बन्धी नयाँ सिद्धान्त भनेको उच्च गुणस्तरको विकासलाई मूल विषय बनाई नवीन प्रयोग तथा प्रयासलाई प्रथम अग्रगामी शक्ति बनाई समन्वयलाई अन्तरिक विशेषता, हरित रङलाई सामान्य सुलभ अवस्था बनाई, खुलापनलाई अनिवार्य मार्ग र साझा उपभोगलाई मूलभूत उद्देश्य बनाउनु हो । विकाससम्बन्धी नयाँ सिद्धान्तलाई पूर्णरूपमा तर्जुमा गर्नका लागि वैज्ञानिक प्राविधिक रूपमा शक्तिशाली देशको निर्माण गति बढाउनु पर्दछ । समन्वयात्मक क्षेत्रीय विकास तथा नयाँ प्रकारको शहरीकरणलाई अघि बढाउनु पर्दछ । हरित विकासलाई जोड दिनुपर्दछ । सम्पूर्ण क्षेत्रमा सुधारलाई गहन बनाउनु पर्दछ र उच्चस्तरीय खुल्लापनलाई अगाडि बढाउनु पर्दछ ।

तिनीहरूको माध्यमद्वारा जनताको सुन्दर जीवनयापनप्रति निरन्तररूपमा बढ्दै गइरहेको चाहनालाई पूर्ति गर्नुलाई मूलभूत उद्देश्य बनाई अविच्छिन्न रूपमा आमजनताको प्राप्ति, सुख र सुरक्षाको अनुभूतिलाई बढाई मानिसको सर्वाङ्गीण विकास र समाजको सर्वाङ्गीण प्रगतिलाई प्रवद्र्धन गर्नुपर्दछ ।

विकासको नयाँ स्थिति भनेको आन्तरिक आर्थिक चक्रलाई प्रमुख बनाई, आन्तरिक र अन्तर्राष्ट्रिय दुई चक्रको एकआपसमा प्रवद्र्धन हुने विकासको स्थिति हो । चीनको जनसङ्ख्या एक अर्ब ४० करोड छ, यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा बढी क्षमता भएको उपभोक्ता बजार पनि हो । यसमा अझ धेरै अभिवृद्धि हुने प्रचुर सम्भावना छ । आन्तरिक आर्थिक चक्रलाई प्रमुख बनाउन जोड दिँदा आन्तरिक बजार विस्तारका लागि लाभ पुग्ने हुन्छ । चिनिया आर्थिक विकास अझ बलियो हुनेछ । यसका साथै चिनियाँ राष्ट्रपति सी चिन फिङले भन्नु भएजस्तै चीनको विकासको नयाँ स्थिति कुनै हालतमा पनि बन्द रहने आन्तरिक आर्थिक चक्र होइन, त्यो खुला रहने आन्तरिक र अन्तर्राष्ट्रिय दोहोरो आर्थिक चक्र हो । ‘सुझाव’ ले पुनः जोड दिएको छ‐ चीनले अझ ठूलो घेरा, बृहद् क्षेत्रमा अझ गहनरूपमा विदेशी मुलुकहरूप्रतिको खुलापनलाई बढाउँदै लैजानेछ, ठूलो आन्तरिक बजारको फाइदा उठाई अन्तर्राष्ट्रिय सहकार्य बढाउनेछ र आपसी हित साझा जितलाई बजारमा उतार्नेछ ।

हामीले सहर्ष देख्यौँ, “बेल्ट र रोड“ प्रस्ताव सातवर्षको विकासपछि विश्वव्यापी रूपमा सबैभन्दा बढी ध्यानाकर्षण गर्न सफल अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन बनेको छ र त्यो अहिले उच्च गुणस्तरको संयुक्त निर्माणको चरणमा प्रवेश गरिसकेको छ, सहकार्यका साझेदारहरूबीच आर्थिक मिश्रणका लागि झन् महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको छ । केही समयअघि तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो अनलाइन र भौतिक उपस्थितिको सम्मिश्रणको रूपमा पूर्व निर्धारित मितिमै उद्घाटन गरियो । ६० भन्दा बढी देश र क्षेत्रहरूका दुई हजारवटा भन्दा बढी व्यवसाय कम्पनीहरू त्यसमा सहभागी, सहयोगी भएका थिए, कुल ७२ अर्ब ६२ करोड अमेरिकी डलर बराबरको कारोबार भयो, जसमा पहिलेको पटकभन्दा २.१ प्रतिशत वृद्धि भएको छ ।

चीन र नेपाल पहाड र नदीले जोडिएका पुस्तौंपुस्ताका मैत्रीपूर्ण, एक आपसको सुरक्षा र सहयोग गर्ने असल छिमेकी, असल साथी, असल साझेदार हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको विभिन्न क्षेत्रको ठोस सहकार्यले दुई देशका जनतालाई प्रत्यक्ष लाभ पुर्याएको छ । पोहोर साल चिनियाँ राष्ट्रपति सी चिन फिङ्ले नेपालको राजकीय भ्रमण गर्नुभयो, दुई देशका राजनेताले चीन–नेपाल सम्बन्धलाई विकास र समृद्धितर्फ अघि बढ्ने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्यका साझेदारको सम्बन्धमा स्तरोन्नति गरिएको घोषणा गर्नुभयो । अहिले दुई देशका जनता निकट रूपमा सहकार्य गर्दै भ्रमणका उपलब्धिहरूलाई मूर्त बनाउन सक्रिय रहँदै संयुक्त रूपमा कोभिड महामारीविरुद्ध सङ्घर्ष गर्दै व्यवस्थितरूपमा श्रम र उत्पादनका कार्यहरूलाई पुनः प्रारम्भ गर्दैछन् । चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यले चीन ‐ नेपालबीच विभिन्न क्षेत्रको ठोस सहकार्यलाई बढाउन तथा संयुक्त रूपमा “बेल्ट र रोड“ को निर्माणमा उच्च गुणस्तरको विकासका लागि अझ बढी अवसरहरू प्रदान गर्नेछ ।

चीनले पहिले जस्तै शान्ति, विकास, सहकार्य साझा जितको ध्वजालाई उँचो बनाइराख्नेछ । विश्वशान्ति कायम राख्ने, संयुक्त विकासलाई प्रवद्र्धन गर्ने कूटनीतिक मान्यतालाई कायम राख्नेछ । आपसी सम्मान, सत्य तथा न्याय, सहकार्य तथा साझा जितको नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई अगाडि बढाउनेछ । नेपाललगायतका सबै देशसँग विकासका अवसरहरू र सहकार्यका फलहरूको साझा उपभोग गर्नेछ । हातमा हात मिलाई चुनौती र जोखिमहरूको सामना गरी संयुक्तरूपमा मानवजातिको साझा भाग्यको एक समष्टिको निर्माण गर्नेछ ।
नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीको यो लेख आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x