३ म्यानपावरको कारोबार रोक्का

वैदेशिक रोजगार विभागले कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ ।

विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावरको इजाजत रोक्का गरेको हो । छानबिनको प्रक्रिया टुंगो नलागेसम्म अब उनीहरूले कुनै पनि कारोबार गर्न पाउने छैनन् ।


Advertisement

तीन वटै म्यानपावरले मागपत्र प्रमाणीकरण नगरी कतारको प्रहरी सेवामा भर्ती गर्न भन्दै सोमबारबाट गोप्य रूपमा अवैध अन्तर्वार्ता सुरु गरेका थिए । अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयअन्तर्गत मानव संसाधन विभागका उच्च अधिकारीहरूको टोलीसमेत काठमाडौं आएको थियो ।

विभागले सोमबार नै ती म्यानपावरमा छापा मारेपछि तोकिएको अन्तर्वार्ता हुन भने सकेन । अझै अन्य म्यानपावरले गोप्य रूपमा प्रारम्भिक अन्तर्वार्ता लिने काम गरिरहेको भन्दै विभागले त्यस्ता कम्पनीको पहिचानका लागि टोली परिचालन गरेको जनाएको छ ।


Advertisement

तीन वटै म्यानपावरले बुधबार नै विभागसमक्ष स्पष्टीकरण पेस गरेका छन् । विभागका महानिर्देशक कुमार दाहालले कानुन उल्लंघन गर्ने जुनसुकै म्यानपावर कम्पनीलाई हदैसम्म कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए ।
वैदेशिक रोजगार व्यवसायी संघले ती म्यानपावरको इजाजत नै खारेज गर्न विभागसमक्ष माग गरेको छ । संघको बुधबार बसेको बैठकले यस्तो माग गरेको हो । संघले ती म्यानपावर सञ्चालकलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । स्पष्टीकरण चित्त नबुझेमा संघको साधारण सदस्यबाट समेत निष्कासन गर्ने संघका महासचिव सुजित श्रेष्ठले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्