×

NMB BANK
NIC ASIA

धानको उत्पादन बढ्यो, उत्पादकत्व घट्यो

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ । यस प्रदेशको मुख्य बाली धान खेतीको गत वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र वृद्धि भए पनि क्षेत्र विस्तारको अनुपातमा उत्पादकत्वमा
ह्रास आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष प्रदेशभरमा धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेकामा यो वर्ष घटेर ३.६४ प्रतिशतमा झरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाका अनुसार गत वर्ष प्रदेशका जिल्लाहरूमा एक लाख ११ हजार ७४३ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा यो वर्ष विस्तार भएर धान लगाइएको क्षेत्रफल एक लाख २५ हजार १०७ हेक्टर पुगेको छ । गत वर्ष चार लाख २७ हजार १८२ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष वृद्धि भएर चार लाख ५५ हजार ८२० मेट्रिक टन धान उत्पादन भएको छ ।


Advertisment
Nabil box
Kumari

विज्ञ तिमिल्सिनाले क्षेत्र विस्तारअनुसार धान उत्पादनमा वृद्धि भएको बताउँदै उत्पादकत्वमा ह्रास आएको बताए । उनले भने , “धानमा रासायनिक मल हाल्ने समयमा उपलब्ध नभएको र धानमा विभिन्न रोग र कीराको प्रकोपका कारण उत्पादकत्वमा ह्रास आएको हो । ”

Vianet communication
Laxmi Bank

प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने चितवन जिल्लामा गत वर्ष २२ हजार २६३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ८७ हजार ४८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भएर २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको चितवनमा एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको छ ।

नुवाकोटमा गत वर्ष ११ हजार २६४ हेक्टर क्षेत्रफलमा धान खेती भएकामा यो वर्ष विस्तार भएर १४ हजार ३८७ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो । नुवाकोटमा वर्षे धान गत वर्ष ४८ हजार ५४८ मेट्रिक टन उत्पादन भएकामा यो वर्ष वृद्धि भएर ६२ हजार ६३२ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

उता नेपाल सरकारले सहकारीमार्फत किसानको धान खरिद गर्नेगरी धान खरिद गर्नेसम्बन्धी निर्देशिका जारी गरे पनि सहकारी संस्थाहरूले धान खरिदमा चासो देखाएको पाइएको छैन । सरकारले मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम किसिमको धानको समर्थन मूल्य दुई हजार ८८५ रुपियाँ निर्धारण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार धान खरिद गर्न चितवनमा तीनवटा सहकारी मात्र दर्ता हुन आएका छन् ।

सिन्धुलीमा उत्पादन घट्यो
सिन्धुली जिल्लामा यो वर्ष रोग–कीराको प्रकोपका कारण धान उत्पादन गत वर्षको तुलनामा चार हजार ८१५ मेट्रिक टन घटेको छ ।

जिल्लामा यो वर्ष १४ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ४२ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष १५ हजार तीन सय हेक्टरमा धान खेती गरिएकामा ४७ हजार ३५१ मेट्रिक टन उत्पादन भएको थियो । धान खेतीको सिजनमा मलखाद, गवारो, सेते, डढुवालगायतका रोग–कीराको प्रकोपका कारण यो वर्ष धान उत्पादन घटेको ज्ञान केन्द्रका वागवानी विकास अधिकृत तथा सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यसैबीच किसानले उत्पादन गरेको धान खरिद गर्न कुनै पनि सहकारी संस्था अहिलेसम्म सूचीकृत हुन नआएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले जनाएको छ । परियोजना प्रमुख देवराज अधिकारीका अनुसार सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने सहकारी संस्थालाई अनुदानको व्यवस्था गरेको छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा किसानले खुला रूपमै सहजै धान बिक्री गरिरहेको हुनसक्ने भएकाले सहकारी संस्था सूचीकृत हुन नआएको हुनसक्ने उनको भनाइ छ ।

रामेछापमा पनि उत्पादनमा ह्रास

रामेछाप जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षभन्दा बढी क्षेत्रफलमा रोपाइँ भए पनि रोग तथा रासायनिक मलको अभावले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र रामेछापले
जनाएको छ ।

जिल्लामा यस वर्ष १.२१ प्रतिशतभन्दा बढीले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताए । प्रमुख गुरुङका अनुसार अनुसार जिल्लाभर यस वर्ष आठ हजार ८१९ हेक्टर खेतमा रोपाइँ हुँदा २६ हजार ९८६ मेट्रिक टन धान उत्पादन भएको छ ।

गएको वर्ष आठ हजार ८१२ हेक्टरमा २७ हजार ३१७ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । रासायनिक मलको अभाव र कालोपोको लगायतका रोगका कारण धान उत्पादनमा ह्रास आयो, कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख गुरुङले भने ।

उनकाअनुसार गत वर्ष जिल्लामा प्रतिहेक्टर ३.१ प्रतिशतले धान उत्पादन भएकामा यो वर्ष घटेर प्रतिहेक्टर ३.०६ प्रतिशत उत्पादन भएको छ ।

मकवानपुरमा उत्पादकत्वमा गिरावट

मकवानपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्षको वर्षे धानको उत्पादकत्वमा गिरावट आएको छ । यस जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्र विस्तार भएको अनुपातमा यस वर्ष धान उत्पादन नभएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार गत वर्ष मकवानपुरमा वर्षे धानको उत्पादकत्व ३.६८ प्रतिशत रहेकामा यस वर्ष ह्रास भएर ३.३१ प्रतिशतमा झरेको छ । यस जिल्लामा गत वर्ष नौ हजार ४५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ३४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै यस वर्ष वर्षे धान खेतीको क्षेत्रफल वृद्धि भएर ११ हजार हेक्टर क्षेत्रफलमा लगाइएकामा ३६ हजार ४५० मेट्रिक टन धान उत्पादन भएको तिमिल्सिनाले बताए ।

उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) मकवानपुरका अधिकृत महेश्वर लामिछानेले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्नेगरी दर्ताका लागि कुनै पनि सहकारी संस्था नआएको बताए । उनकाअनुसार सहकारीहरूलाई वर्षे धान कहाँबाट कति परिणममा खरिद गर्ने हो जानकारीसहित निवेदन दिन आह्वान गरिए पनि सहकारी संस्थाहरूले चासो देखाएको पाइएको छैन ।

दोलखामा बढ्यो
दोलखामा यो वर्ष धान उत्पादनमा ५.२६ प्रतिशतले वृद्धि हुने देखिएको छ । खेतीमा वृद्धि र राम्रो वर्षासमेत भएकाले यो वर्ष धान उत्पादनमा यसरी वृद्धि हुने कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिए ।
उनकाअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ९८९ हेक्टरमा सात हजार ४७३ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७७/७८ मा तीन हजार दुई हेक्टरमा सात हजार ८६५ मेट्र्कि टन उत्पादन हुने भएको छ ।

कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य मोटो प्रतिक्विन्टल दुई हजार ७३५ रुपियाँ र मध्यमको प्रतिक्विन्टल दुई हजार ८८५ रुपियाँ तोकिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना किवी जोन कार्यालयका प्रमुख ज्ञानकुमार श्रेष्ठका अनुसार धान खरिद गर्नेगरी सम्झौता गर्न सहकारीहरूलाई जानकारी गराइएको छ ।

अहिलेसम्म कुनै पनि सहकारी सम्पर्कमा आएका छैनन् । धान खरिद तथा व्यवस्थापन कार्यविधि २०७७ अनुसार सहकारीहरूले धान खरिद गर्ने सम्झौता गरी कार्य अगाडि बढाए उनीहरूलाई व्यवस्थापन खर्चबापत सरकारले प्रतिक्विन्टल ११२ रुपियाँ दिने कार्यविधिमा उल्लेख छ ।

काभ्रेमा पनि उत्पादन बढ्यो
काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो वर्षको तुलनामा धान उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३७ हजार ५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ३९ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र काभ्रेका बाली विकास अधिकृत एवं सूचना अधिकारी थर्क जिसीले अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत धान उत्पादन बढेको जानकारी दिए । उनकाअनुसार अघिल्लो वर्ष ११ हजार २६६ हेक्टर क्षेत्रफलमा धान खेती भएकामा यस वर्ष ११ हजार २८० हेक्टरमा धान खेती भएको थियो । उत्पादन बढ्नुमा कोरोना सङ्क्रमण कारण बनेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

सहरमा बसेका युवा गाउँगाउँमा गएर कृषिमा लाग्नु, मौसमले साथ दिनुलगायतका कारण उत्पादन बढेको सूचना अधिकारी जिसीको भनाइ छ । जिल्लामा खुमल ४, खुमल १०, खुमल १३, सावित्री, मकवानपुर १८, हाइब्रिडलगायतका धान लगाउने गरिएको छ । काभ्रेका १३ वटै स्थानीय तहमा धान उत्पादन हुने गरेको कार्यालय जनाएको छ । 

गोरखापत्र दैनिकमा बाबुराम देवकोटा, नवराज श्रेष्ठ, राममणि दाहाल, बाबुराम शर्मा र मधुसुधन तिमल्सिनाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x