सिभिल बैंकले आफ्नो दशौं वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बैंकले ‘म एक जिम्मेवार सिभिलियन’ भन्ने नाराका साथ वार्षिकोत्सब मनाएको छ ।
बैंकको वार्षिकउत्सवको अवसरमा कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता जनाएका छन् र
बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना गरेको जनाएको छ ।
यस्तै बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।
दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेविनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।
लोकान्तर संवाददाता