×

NMB BANK
NIC ASIA

भारतीय विदेशसचिवको नेपाल भ्रमण: एजेन्डामा परेन सीमा विवाद

मंसिर ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठकमा सीमा विवादको मुद्दाले औपचारिक प्रवेश नपाउने भएको छ।

Muktinath Bank

उक्त बैठकपछि हुने अनौपचारिक भेट र छलफलमा नेपालले सीमा विवादको विषय उठाउने तयारी गरेको छ। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले बैठकको एजेन्डा तय गर्दा सीमा विवादको मुद्दालाई समावेश नगरेको स्रोतले बताएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय विदेशसचिव हर्षवर्धन शृंगला बैठकमा सहभागी हुन बिहीबार नेपाल आउँदै छन्। नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतका तर्फबाट विदेशसचिव शृंगलाले बैठकमा नेतृत्व गर्दै छन्। यो बैठक नेपाल र भारतबीच तत्काल देखिएका समस्याबारे छलफलभन्दा पनि नियमित र औपचारिक विषयवस्तुमा केन्द्रित हुने देखिएको छ।


Advertisment
Nabil box
Kumari

भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गरेपछि दुई मुलुकबीचको सम्बन्ध सुमधुर छैन। सचिवस्तरीय बैठकमा सीमा विवादको मुद्दा नउठाउने पक्षमा भारत देखिएको छ। एजेन्डामा नभए पनि नेपालले कुनै न कुनै रूपमा भारतीय विदेशसचिवसँग कालापानी क्षेत्रमा देखिएको सीमा विवादबारे कुरा राख्ने तयारी गरेको छ। परराष्ट्रसचिव पौडेलले शृंगलासँगको एकान्त (वान टु वान) बैठकमा सीमा विवादका कारण देखिएको समस्याबारे छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्रविदहरूले भने बैठकमा नेपालले सीमा विवाद र ईपीजी प्रतिवेदनबारे गम्भीर रूपमा कुरा उठाउनुपर्नेमा जोड दिएका छन्।

Vianet communication
Laxmi Bank

भ्रमणका क्रममा शृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीले उक्त भेटमा सीमा विवाद समाधानका विषयमा कुरा राख्ने स्रोतले बताएको छ।

ती स्रोतका अनुसार शृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम छ। कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का केही नेतासँग शृंगलाको भेट गराउने तयारी रहेको स्रोतले बताएको छ। भेटको चाँजोपाँजो मिलाउन भारतीय राजदूतावासले काम गरिरहेको छ।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे पनि सचिवस्तरीय बैठकमा छलफल हुनेछ। सीमापार अपराध, आतंकवादलगायत सुरक्षासँग जोडिएका विषयवस्तु बैठकका एजेन्डा बनेका छन्। बैठकमा हवाई तथा रेल सञ्जाललगायत आर्थिक सहायताका विषयमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री ओलीले नेपालले आफ्नै पानीजहाज सञ्चालन गर्ने महत्त्वाकांक्षी योजना सुनाउँदै आएका छन्। सचिवस्तरीय बैठकमा पानीजहाज सञ्चालन गर्ने उपायबारे पनि छलफल हुने स्रोतले बताएको छ। भारतीय लगानीमा निर्माण भएका र निर्माणाधीन परियोजनाको समीक्षा बैठकमा हुनेछ।

सीमा विवादका कारण एक वर्षदेखि नेपाल र भारतबीच औपचारिक संवाद हुन सकेको थिएन। भारतीय गुप्चतर संस्था रअ प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि औपचारिक संवादको वातावरण बनेको हो।  अन्नपूर्ण पोस्टमा शम्भु कट्टेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x